चितवनको बजार क्षेत्रका होटलहरुमा दिउँसै यौनधन्दा

ehulaki
----------------- | असार ३०, २०७६ सोमबार | 0

काठमाडौं । चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले दिउँसै छापा मारेको छ । सोमबार दिउँसो नरायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा अबैध याैन धन्दा भइरहेकाे प्रहरीले फेलापारेकाे हाे । अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरी त्यस स्थानमा छापा मारेकाे चितवन प्रहरीले जानकारी दिएकाे छ । 

होटलमा छापा मार्ने क्रममा प्रहरीले ९९ जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये ४३ महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालक रहेको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय