टोखा नगरपालिका बानियाँटारमा वडाध्यक्षमाथि खुकुरी प्रहार,  ग्रान्डी अस्पताल लगियो

ehulaki
----------------- | साउन ३, २०७६ शुक्रबार | 0

ठमाडौं । टोखा नगरपालिका बानियाँटारमा वडाध्यक्षमाथि खुकुरी प्रहार भएको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका वडाध्यक्ष फन्द्रा तामाङ रोसनमाथि केही समय अगाडि खुकुरी प्रहार भएको हो ।

गम्भिर घाईते भएका तामाङलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ ।

टोखाको बानियाँटारमा वडाध्यक्ष तामाङ कोठामा बसिरहेको अवस्थामा खुकुरी प्रहार भएको बताइएको छ ।

बिरामी अवस्थाका तामाङ अस्पतालबाट शुक्रबार दिउसो ४ बजेतिर कोठामा आउने क्रममा उनिमाथि अाक्रमण भएकाे हाे । घाइते तामाङको सल्यक्रिया भइरहेको बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय