अन्लाको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै, चित्रबहादुर केसीले उदघाटन गर्ने

ehulaki
ई-हुलाकी | साउन ३, २०७६ शुक्रबार | 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) निकट कानुन व्यवसायीहरुको संगठन ‘अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला)’को प्रथम राष्ट्रिय सम्मेलन  साउन १० र ११ गते काठमाडौंमा हुने भएको छ । अन्लाले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नेछन् ।

बागबजारस्थित हार्दिक होटलमा हुने उक्त सम्मेलनका लागि ‘विधिको शासन, राष्ट्रिय एकता र स्वाधिनताको पक्षमा हाम्रो अभियान, स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त न्यायपालिका र पेशागत मर्यादाको पक्षमा प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नारा तय गरिएको छ । संघका केन्द्रीय अध्यक्ष अधिवक्ता पदम रोकाका अनुसार राष्ट्रिय सम्मेलनका लागि कानुन व्यवसायीहरु, कानुन व्यवसायी संगठनका प्रतिनिधिहरु तथा प्रतिनिधि÷पर्यवेक्षकको सहभागिता रहने जानकारी दिए ।

अध्यक्ष अधिवक्ता रोकाले देशमा विधिको शासन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्वतन्त्र न्यायपालिकामाथि चौतर्फी हमला भइरहेको बताए । अध्यक्ष रोकाले संविधानप्रदत प्रेस स्वतन्त्रता, मौलिक हक, स्वतन्त्र र सक्षम न्यायपालिकाको पक्षमा नेपाल बार एसोशियसनको भूमिका कमजोर बन्दै गएको आरोप पनि लगाए । उनले आफ्नो संगठन बार एशोसियसनको भूमिका प्रभावकारी बनाउन आफ्नो संगठनले प्रयत्न गरिरहेको स्पष्ट पारेका थिए ।

सत्ता र प्रतिपक्षनिकट कानुन व्यवसायीका संगठनहरु न्यायपालिकाभित्रका विकृति तथा भ्रष्टाचार अन्त्यको प्रयत्न भन्दा पनि न्यायाधीश बन्ने र सत्ता तथा शक्तिको नजिक हुन हानथाप गरिरहेको आरोप लगाए । कार्यक्रममा राजमोका महासचिव जनकराज शर्मा, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष नारायण शर्मा लगायतले सुझाव तथा धारणा राखेका थिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय