कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

ehulaki
----------------- | साउन ८, २०७६ बुधबार | 0

काठमाडौं। भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौँ आई केही उच्च नेतालाई भेटेर फर्किएका छन् । करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए । 

यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपतला आएका उनले सोही दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौँस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवास खुमालटारमा भेट गरे ।

कांग्रेस सभापति देउवासँग ‘रअ’ प्रमुख गोयलले भेटेको विषयलाई स्रोतले पुष्टि गरे पनि देउवाको सचिवालयले भने अस्वीकार गरेको छ । उका स्वकीय सचिव भानु देउवाले सभापति देउवाले ‘रअ’ प्रमुखसँग भेटवार्ता नगरेको बताए । तर, भाततीय दूतावास स्रोतले सभापति देउवासँग भेट भए पनि खासै कुरा केही नभएको दाबी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय