आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

उद्यम

नर्सरीबाटै ८ लाख कमाउँछन् युवा

  • श्रावण १२, २०७६, आइतबार
img

काठमाडौं । जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । 

पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो । 

नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि यो वर्ष रु ३२ हजार बिरुवा बिक्री गरेर रु पाँच लाख आम्दानी गर्नुभएको छ । ६ वर्षअघि उहाँले रावल फलफूल नर्सरी उद्योग सञ्चालन गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ । 

मल्ल र रावल जस्तै जाजरकोट जिल्लाका २० जनाभन्दा बढी युवाहरु नर्सरीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता टार्न युवाहरुले गाउँमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आएको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनुभयो ।

सामान्य लेखपढ गरेका मल्ल र रावल रोजगारीको खोजीमा धेरै पटक भारतको कालापहाड पुगे । कालापहाडको कमाईले घरव्यवहार चलाउन मुस्किल थियो, मल्लले भन्नुभयो, “रोजगारीको खोजीमा भौँतारिनुभन्दा आफैँले उद्यम सञ्चालन गर्ने सोचेर नर्सरीमा हात हाले अहिले राम्रै आम्दानी भइरहेको छ ।”

“गाउँमै पनि थोरै लगानीले राम्रो आम्दानी गर्न सकिन्छ”, ज्ञान केन्द्रका प्रमुख रोकायले भन्नुभयो, “नर्सरीबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई युवालाई प्रेरणा दिन्छ ।” “नर्सरी शुरुआत गर्दा ४० हजार लगानी गरेको थियो”, रावलले भन्नुभयो, “नर्सरीले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । नर्सरीमा अहिले ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी आदि बिरुवा छन् ।”

बिरुवाअनुसारको मूल्य कायम गरेको छ । रु १५ देखि एक सयसम्म बिरुवाको मूल्य पर्छ । गाउँमै नर्सरी भएकाले गाउँ तथा नगरवासीलाई बिरुवा किन्न सहज भएको छ ।

  • Previous
  • Next

यो पनि पढौँ

  • भर्खरै
  • लोकप्रिय
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: