शनिबार २१ मंसिर, २०७६ (Saturday, 7 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

कृषि

लसुनको पकेटक्षेत्रबाट लसुनको बीउ निर्यात

  • रासस
  • कार्तिक २३, २०७६, शनिबार
img

जाजरकोट । लसुनको पकेटक्षेत्र घोषणा गरी काम थालेको नलगाड नगरपालिकाले दुई वर्षभित्र बीउ निर्यात गर्न थालेको छ ।

नगरपालिका–९, १० का स्थानीयवासीलाई आर्थिक सहयोग गरेसँगै लसुनको बीउ उत्पादन गरी स्थानीयवासीले निर्यात गर्न थालेको हुन् । नगरपालिकाले लसुनखेती गर्ने किसानलाई मध्यनजर गरी लसुनको पकेटक्षेत्र घोषणा गरेसँगै लसुनको बीउदेखि खानको लागि देशका विभिन्न ठाउँमा निर्यात भएको हो ।

पाँच वर्ष अघि बीउ नपाउने यहाँका स्थानीयवासी अहिले लसुनको बीउ बिक्री गरी मनग्य आम्दानी गरिरहेको स्थानीयवासी डम्मर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्ष पहिले सिँचाइको अभावमा बाँझो रहेको जमीन अहिले सिँचाइको सुविधासँगै लसुन निर्यात गर्ने मुख्य थलो भएको छ, बीउ नै बिक्री गरेर प्रतिघरले रु एक लाख भन्दा बढी कमाउने गर्दछन्  । ” नगरपालिकाले आर्थिक सहायता गरेपछि किसानको जीवनस्तर माथि उठेको स्थानीय समाजसेवी नीमबहादुर ध्यारले बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले हाम्रो ठाउँमा यातायातको सहज पहुँचसँगै लसुनखेती फस्टाएको छ, गाउँका सबै गाउँलेले राम्रो आम्दानी गरेका छन् । ” अर्थअभावका कारण भारतलगायतका अन्य ठाउँमा काम गर्न जाँने स्थानीयवासी अहिले गाउँमा लसुनसँगै अन्य तरकारीजन्यखेती गरी राम्रो आम्दानी हुन थालेपछि गाउँमै खेतीकिसानीमा व्यस्त भएको स्थानीय शिक्षक गोपाल ध्यारले बताउनुभयो ।

अहिले लसुनसँगै स्थानीयवासी अन्य बेमौसमी तरकारीबालीतर्फ आकर्षित भएको पाइएको छ । यातायातको सहज पहुँच भएसँगै यहाँ उत्पादन भएको तरकारीबाली निर्यात गर्न सजिलो भएको छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु सजिलै बजारसम्म पुग्ने भएपछि अर्थोपार्जनमा ठूलो सहयोग पुगेको वडा– ९ का अध्यक्ष विष्णु विकले बताउनुभयो । उहाँले भन्नुभयो,“नगरपालिकाको योजनामा किसानले मेहनतका साथ काम गर्नुभयो, अनि उहाँहरुको जीवनस्तर पनि राम्रो भयो, अर्कोतर्फ हाम्रो वडा आर्थिक रुपमा बलियो भयो । ”

रु एक हजार ऋण लिन गाउँ–गाउँ भौतारिने यहाँका स्थानीयवासी अहिले हजारौ रुपैया हातमा खेलाएर अरुलाईसमेत ऋण दिने अवस्थामा पुग्दा हामी खुशी भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आर्थिक वर्षदेखि थप केही नयाँ कार्यक्रम बनाएका छौँ, लसुनखेतीमा राम्रो आम्दानी भएसँगै टिमुरखेती र मौरी ‘जोन’ थप गरी किसानलाई अनुदान दिएर काम भइहेको छ, अघिल्लो वर्ष ४० टन लसुनको बीउ निर्यात गरिएको थियो । ”

नगरपालिकाको योजना र किसानको मेहनतले गर्दा यहाँको अर्थ उर्पाजन मात्र भएको छैन् छिमेकी स्थानीय तहलेसमेत अनुशरण गर्न थालेका छन् । प्राङगारिक मलको प्रयोग र उन्नत जातको बीउको प्रयोगले गर्दा किसानले राम्रो आम्दानी गर्न सफल भएका हुन् । जनतालाई व्यावसायिक रुपमा अगाडि बढाएर अर्थतन्त्रको हिसाबले राम्रो गर्न सके मात्र त्यहाँको समाजको राम्रो विकास हुने स्थानीय गगनबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको जीवनस्तर बदल्नका लागि नलगाड नगरपालिकाले योजना बनाएर काम गरीरहेको छ, त्यसैगरी अन्य स्थानीय तहले पनि सिको गरी जनताको जीवनस्तरमाथि उठाए जिल्लाका सबै नागरिक आर्थिक रुपमा बलियो हुने कुरामा दुई मत छैन् । ”

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

घाँसलाई गुन्द्रक बनाउने "साइलेज"को माग बढ्दो

  • मंसिर १८, २०७६, बुधबार
  • भर्खरै
  • लोकप्रिय
img

चार बलात्कारिलाई गोली हानेर मारेपछि .....

img

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

img

फाँसीको माग उठेपछि बलात्कार भएकै ठाउँमा लगेर अभियुक्तलाई इन्काउन्टर

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

जपान कामदार लैजाने परिक्षामा सबै फेल : दोष कस्को ?

img

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

img

च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए अनि.....

img

भोली काठमाडौंमा जोर बिजोर प्रणाली , अन्य जरुरी नियम बुझ्नुस नत्र दिनभर झन्झट बेहोर्नु पर्ला

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

अन्तिम पटक असोज ३० गते सम्पर्क भएको थियो, त्यसपछि गर्भ रह्यो...

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: