शुक्रबार २७ मंसिर, २०७६ (Friday, 13 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अपडेट

रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ

  • रासस
  • कार्तिक २५, २०७६, सोमबार
img

काठमाडौँ । कैलालीको शहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म जोड्ने बोगटान सडक कालोपत्रको कार्यमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गर्नुभएको थियो ।

प्रधानमन्त्रीले कालोपत्रको कार्य शिलान्यास गर्नुभएसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माण कार्य अघि बढेको थियो । नालीको काम सकिए पनि सडक किनारामा भएका रुख कटान गर्ने आदेश नपाउँदा अहिले आएर कालोपत्रको काममा ढिलाइ हुन थालेको सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य काम सकेर हामी कालोपत्रको कार्यको थालनीमा छौँ तर सडक किनाराका रुख कटान गर्ने आदेश अहिलेसम्म आएको छैन, कसरी तोकिएको समयमा कामसक्ने चिन्तामा छौँ ।” कैलाली चुरे गाउँपालिका वडा नं २ मा रहेका वन क्षेत्रमा रुख कटानी आदेश नपाइएका कारण काम ढिलो भएको उहाँको भनाइ छ । रुख कटानी आदेश नपाइए कालोपत्र नहुने र फेरि स्थानीयवासीले धुले सडकमै असुरक्षित यात्रा गर्नुपर्ने स्थिति आउन थालेको कैलाली चुरे गाउँपालिका वडा नं २ का स्थानीय खेमबहादुर पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक कालोपत्र हुने भयो भनेर हामी खुशी थियौँ, रुख नकाटे कालोपत्र नहुने रे हामीलाई पो गाह्रो हुने भयो ।” उता सडक कालोपत्रको काम तोकिएकै समयमा हुनुपर्ने स्थानीयवासीको माग रहेको छ । कालोपत्रको काम आफूहरुबाट ढिलो नभई वातावरणीय प्रभाव मूल्याङ्कनको काम नटुङ्गिँदा काम गर्न ढिलाइ भएको निर्माता कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेत दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कालोपत्र हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ”, “इआइएको प्रतिवेदन नआएसम्म कटानी आदेश आउँदैन, त्यसैले काम हुन सकिरहेको छैन ।”

यतिमात्र नभई कालोपत्र हुने सडक किनारामा परेका घरजग्गाको मुआब्जाका विषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनुपर्ने अवस्था रहेको सम्पर्क प्रबन्धक बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा भएका ६० घरमा कसैको सिँढी, कसैको पाली, कसैको आँगन भत्काउनुपर्ने अवस्था छ”, “यस विषयमा अहिलेसम्म केही भएको छैन, मुआब्जा कसले दिने हो भन्ने पनि जानकारी छैन ।” उक्त सडकमा अहिले ३०० मजदूरले दैनिकरुपमा काम गरिरहेको र फेरि ४०० सय मजदूर थप्ने तयारी भइरहेको निर्माता कम्पनीले जनाएको छ । उक्त सडकको इआइएको काम छिट्टै टुङ्गिने सडक सुधार तथा विकास आयोजनाअन्तर्गतको सहजपुर–बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इआइएको काम अन्तिम चरणमा पुगिसकेको छ, अब एक–दुई महिनाभित्रै अन्तिम प्रतिवेदन आइसक्छ ।” मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको बैठक बसेर टुङ्ग्याउने उहाँले जानकारी दिनुभयो । कैलालीको शहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर सोल्जर ९ग्राभेल० सडक निर्माण गरिसक्नुपर्ने प्रावधान रहेको छ । एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार ३१२ अमेरिकी डलर रहेको छ ।

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

चोरी गर्न घरमा छिरेका चोरका थिए, चोर्ने कुरा नपाएपछि गरे अनौँठो हर्कत

  • मंसिर २६, २०७६, बिहिबार
img

मन छुने घटना : आमालाई ठक्कर दिने कारमाथि छोराको आक्रोश

  • मंसिर २६, २०७६, बिहिबार
img

प्रचण्डको २६ बर्ष पुरानो फोटो पोस्टगर्दै बाबुरामले मध्यरातमा दहाललाई सम्झिए

  • मंसिर २६, २०७६, बिहिबार
img

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य

  • मंसिर २४, २०७६, मंगलबार
img

भोलिबाट मौसममा बदली

  • मंसिर २४, २०७६, मंगलबार
  • भर्खरै
  • लोकप्रिय
img

प्रचण्डको २६ बर्ष पुरानो फोटो पोस्टगर्दै बाबुरामले मध्यरातमा दहाललाई सम्झिए

img

मन छुने घटना : आमालाई ठक्कर दिने कारमाथि छोराको आक्रोश

img

चोरी गर्न घरमा छिरेका चोरका थिए, चोर्ने कुरा नपाएपछि गरे अनौँठो हर्कत

img

साग समापन पछि प्रधानमन्त्रीकाे आयाे यस्ताे ट्विट

img

विश्वमै तेस्रो पटक भएको अपरेसन सफल, भाइलाई दिए अण्डकोष

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

आज पनि घट्यो सुनको मुल्य, हेर्नुहोस कति पुग्यो ?

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: