काठमाडौँ । अघोरी बाबाका रुपमा परिचित विजय केसीकी श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले सोमबार दिउँसो उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि सोधपुछका लागि बोलाएको प्रहरीले जनाएको छ । हालै उनीसँग बिहे गरेकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको हो। बाबाकारुपमा परिचित केसी र पत्नीविरुद्ध ठगीको आरोपमा बौद्ध प्रहरीमा उजुरी परेको थियो।
बाबा पक्राउ परेको हल्लाले बौद्ध वृत्तमा युट्युवेहरुको भिड लागेको छ ।