आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

समाज

जुम्लामा ३ हजार प्रतिष्ठानमा ८ हजारले पाए रोजगारी

  • रासस
  • कार्तिक २७, २०७६, बुधबार
img

काठमाडौँ । सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो ।

कार्यालय प्रमुख शङ्करदत्त भट्टले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा कर्णाली प्रदेशमा आर्थिक प्रतिष्ठान र यसमा रोजगारी पाउने व्यक्तिको सङ्ख्या कम भएको बताइएको छ । प्रतिवेदनमा कर्णाली प्रदेशमा ४२ हजार ८०७ वटा आर्थिक कारोवार गर्ने प्रतिष्ठानको गणना भएको छ । देशभरमा गणना गरिएका प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ३५६ रहेको छ ।

यसैगरी जुम्लामा तीन हजार ७८ वटा प्रतिष्ठान रहेका छन् । तीमध्ये एक हजार ५११ (९४९.२७ प्रतिशत) दर्ता भएका र एक हजार ५५६ ९५ (७३ प्रतिशत) दर्ता नभएका प्रतिष्ठानको गणना भएको थियो । यसैगरी जुम्लामा ती  प्रतिष्ठानमा आठ हजार ४६३ जनाले रोजगार पाएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आर्थिक गणनाले एउटा मार्गचित्र तयार हुने र आगामी दिनमा काम गर्न सहयोग भएको बताउनुभयो । उहाँले देशकै आर्थिक आकार दिने आर्थिक गणनाले सहयोग गर्ने भन्दै जुम्लाको आर्थिक अवस्था बढाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कोष तथा लेखानियन्त्रक रामप्रसाद बिडारीले आर्थिक तथ्याङ्क अर्थतन्त्रको मेरुदण्ड रहेको बताउनुभयो । उहाँले यसले योजना, मूल्याङ्कन गर्न सजिलो हुने भएकाले सोहीअनुसारको काम सरोकारवाला निकायले गर्ने बताउनुभयो । नेपाल सरकारले विसं २०७५ वैशाख १ गते देखि जेठ ३१ गते सम्म आर्थिक गणना गरेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

जुम्लामा वनस्पति पकेटक्षेत्र कार्यक्रम सञ्चालन हुने

वनस्पति अनुसन्धान केन्द्र जुम्लाले चालू आर्थिक वर्षदेखि वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम सञ्चालनका लागि स्थलगत भ्रमणको अध्ययन गर्न लागिएको छ । स्थलगत अध्ययन भ्रमणका लागि पूर्व वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीको टोली पातारासी क्षेत्रमा पुगेको छ ।

वनस्पति विभागको कार्यक्रमअन्तर्गत यो वर्षदेखि जुम्लामा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख चन्द्रमोहन गुर्मछानले बताउनुभयो । जुम्लाको ४० हेक्टर जमीनमा उतिस लगाउने तयारी भएको उहाँको भनाइ छ । पहिलो चरणमा १० हेक्टर जमीनमा उतिस लगाउने योजना रहेको भन्दै उहाँले आगामी वर्षमा ४० हेक्टर जमीनमा वनस्पति पकेट क्षेत्र कार्यक्रमअन्तर्गत उतिस लगाउने योजना रहेको बताउनुभयो । कर्णाली प्रदेशका ९ जिल्लामा यो वर्षदेखि वनस्पति पकेटक्षेत्र कार्यक्रम सञ्चालन हुने गुर्मछानले जानकारी गराउनुभयो । कर्णाली प्रदेशको ४०० हेक्टर जमीनमा वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने भन्दै उहाँले पकेट, ब्लक, जोन र सुपरजोन कार्यक्रम सञ्चालनका लागि विभागले तयारी थालेको जानकारी दिनुभयो ।

उतिस खेती गर्ने जमीनको स्थलगत भ्रमणका लागि क्षेत्रीको टोली जुम्लामा पुगेर चौधबीस क्षेत्रका किसानसँग समन्वय र खेती गर्ने उपयुक्त वातावारण हेर्ने काम शुरु भएको उहाँको भनाइ छ ।सामुदायिक वन र किसानसँग समन्वय गरी वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन हुने पूर्व वैज्ञानिक अधिकृत क्षेत्रीले बताउनुभयो । नेपालमा पाइने वनस्पति हराउँदै गएकाले यसको संरक्षण गर्न विभागले वनस्पति पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न लागेको उहाँको भनाइ छ ।

जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनका लागि खास क्षेत्र तोकी उत्पादन र उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आयआर्जन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको गुर्मछानले बताउनुभयो । बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वन जङ्गलबाट तथा दुवैबाट आपूर्तिको व्यवस्था मिलाउन वनस्पति पकेट क्षेत्र कार्यक्रमको प्रस्ताव विभागले ल्याएको हो ।

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

घाँस बेचेर नै रोजीरोटी र शौचालयका लागि खर्च जुटाउँदै एक समुदाय

  • मंसिर २७, २०७६, शुक्रबार
img

सिन्धुपाल्चोकमा हिमपातः जनजीवन प्रभावित

  • मंसिर २८, २०७६, शनिबार
img

चिसोले दैनिक जनजीवन प्रभावित,इन्टरनेट र फोन सेवा पनि बन्द

  • मंसिर २९, २०७६, आइतबार
img

विद्युत् लाइन पुगेको छैन तर ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा !

  • मंसिर २९, २०७६, आइतबार
img

आवेदन भर्नुहाेस्, गाउँपालिकाको खर्चमा विवाह गर्नुहाेस्

  • मंसिर २९, २०७६, आइतबार
  • भर्खरै
  • लोकप्रिय
img

१३०० कराेड लागूऔषध अवैध धन्दाका मुख्य व्यक्ति फरार

img

धनुषा बम विस्फोट : अनुसन्धान जारी, 'दुस्मनी पनि कारण हुन सक्ने'

img

हलिउड फिल्म जेन्डर केज ४ मा विन डिजल सँग फेरी देखिएलिन् दीपिका ?

img

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

img

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: