एजेन्सी । पेटको समस्या लिएर अस्पताल गएकी १० वर्षीय बालिका ८ महिनाकी गर्भवती भएको खुलासा भएको छ।
बालिका गर्भवती भएको थाहा पाएपछि चिकित्सकले प्रहरीलाई सुचना गराएका थिए। छानविनका क्रममा बालिकाको बलात्कार आफ्नै दाजुले गरेको पाइएको छ। यो घटना अर्जेन्टिनाको पसोडास भन्ने स्थानको हो। डेलीमेलको रिर्पोट अनुसार बालिकाले आफ्नै दाजुले आफूमाथि बलात्कार गरेको बताएकी थिइन्। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ।
स्थानीय मिडिया रिर्पोटका अनुसार सुरुवातमा पीडित बालिकाले के भएको भन्ने बारे समेत थाहा पाएकी थिइन्। तर सोधपुछका क्रममा दाजुले आफूमाथि गरेको दुव्र्यवहारका बारेमा बताइन्। सामाजिक विकास विभागले आरोपी दाइलाई परिवारबाट अलग गरिदिएका छन्।
बाल विकास विभागका प्रमुख अना मारियाका अनुसार गर्भवती भएका कारण पीडित बालिका र उनको बच्चाको ज्यान खतरामा छ। बालिकाकी आमालाई घरमै भएको यौन दुव्र्यवहारका बारेमा कुनै जानकारी नभएको बताइएको छ। अचानक बालिका गर्भवती भएको खबरले उनी हैरान भएकी थिइन्।