काठमाडौं । साउथ इन्डियाकी चर्चित पोर्न नायिका शकिला खानको हिंजो जन्मदिन परेको थियो ।
शकिला आफैंमा एक चर्चित हस्ती हुन् र उनी आफ्नै परिवारका कारण जीवनमा धेरै कुरा सहन बाध्य भइन् । शकिलाको जीवन उतारचढावले भरिएको छ । कहिले पैसाका लागि आफ्नै आमाले यौन व्यवसायमा धकेलिन त कहिले अरुले उनलाई सुखसँग बाँच्न दिएनन् ।
उनले २० वर्षको उमेरमा सफ्ट पोर्न फिल्म ‘प्लेगर्ल’ बाट आफ्नो करियरको सुरुवात गरिन् । फिल्ममा शकिलाले सपोर्टिङ नायिकाको भूमिका निभाएकी थिइन् । चेन्नईमा जन्मिएकी शकिलाको बाल्यकाल गरिबीमा बित्यो । उनले ६ कक्षासम्म मात्र औपचारिक शिक्षा लिइन् । शकिला आज पनि साउथ फिल्ममा सक्रिय छिन् । उनले मलायलम, तमिल, तेलगु र कन्नड फिल्ममा काम गरिसकेकी छन् । सन् २००० मा मलायली भाषाको फिल्म ‘किन्नर थुंबिकल’ आयो । यो फिल्म निकै चर्चित भयो र केही भाषामा डबिङसमेत गरियो ।
यही फिल्मबाट उनी चर्चामा आइन्, तर ‘एडल्ट’ नायिकाका रूपमा । उनले अहिले २५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । आफ्ना भाइ बहिनी र आमालाई पाल्नकै लागि उनले यस्ता फिल्ममा काम गरिन् । फिल्म क्षेत्रमा चर्चा कमाएकी उनले आफ्नो जीवनी लेखिन् र मलयाली भाषामा छपाएकी छन् । पुस्तकअनुसार सानै उमेरमा नै उनलाई एक व्यक्तिले बलात्कार गरेका थिए ।
उनले शकिलाकी आमालाई पैसा दिएर बलात्कार गरेका थिए । अब शकिलाको जीवनीमा आधारित फिल्म आउँदैछ, जसमा उनको उतारचढावपूर्ण जीवन देख्न सकिनेछ ।