आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

साहित्य

"सबै नेपालीको  एउटै भाषा नेपाली"

  • ई-हुलाकी
  • मंसिर ०६, २०७६, शुक्रबार
img

-छायादत्त न्यौपाने ‘बगर’

भाषा समृद्ध नभई मुलुकले समृद्धिको ढोका भेटाउँदैन । रहरले समृद्धि खोज्छ, लहडले समृद्धि भत्काउँछ । बिडम्बना ! हाम्रा मूर्धन्य विद्वान्हरू भाषिक समृद्धि भत्काउने होडमा तँछाडमछाड गरिरहेछन् । नवीनताको लोभले पराश्रित हुने ?

भाषा देशको मौलिक सम्पदा हो । यसले देशको पहिचान बताउँछ । भाषाकै देन हो कि कुनै पनि देश विश्व परिवेशमा चिनिँदै जान्छ । यसले देशभरि छरिएर बसेका जनताको मनोभाव व्यक्त गर्छ । मानवीय विचार विनिमयको सशक्त माध्यम भाषा नै हो ।

यसकै बलले मानिस राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पुग्छ । नेपाली जनताको साझा मनोभाव व्यक्त गर्ने भाषा नेपाली हो । नेपालमा बसोबास गर्ने सबै नेपालीको सम्पर्क भाषा र धेरै नेपालीको मातृभाषा पनि नेपाली नै हो । नेपाली भाषा संसारभर छरिएका नेपाली मूलका नेपालीको परिचायक पनि हो । नेपाल र नेपालीको अस्तित्व बचाउने, हुर्काउने र फैलाउने भरपर्दो माध्यम नेपाली भाषा नै हो । नेपाली भाषा नेपालमा बस्ने र नेपालबाहिर छरिएर बसेका नेपाली मूलका सबै नेपालीको आत्म नै हो ।

नेपाली भाषा ऐतिहासिक सभ्यता बताउने प्राचीन भाषा हो । यसले प्राचीन वैदिक परम्परासँग नेपाल र नेपालीलाई जोड्छ । यो संसारका चर्चित भाषाहरुमा पर्छ । साँच्चै लेखाजोखा गर्ने हो भने नेपाली भाषी नपुगेको देश छैन । संसारकै बढी जनसङ्ख्या भएको मुलुक भारतमा त झन्डै एक करोड नेपाली भाषी बसोबास गर्छन् । यस्तै चीन, भुटान, जापान, बेलायत, अमेरिका, अस्ट्रेलियाजस्ता मुलुकमा पनि नेपालीहरु पुगेर नेपाली भाषा साहित्यको उत्थान गरिरहेका छन् । साहित्य सिर्जनामा समर्पित भइरहेका छन् । युरोप, अमेरिका, जापान, चीनजस्ता मुलुकमा नेपाली भाषा साहित्यले उच्च स्थान प्राप्त गरिसकेको छ ।

नेपाली भाषा नेपालका बासिन्दाको मात्र नभई नेपाली मूलका सबै नेपालीको सम्पर्क सूत्र हो । यसलाई विदेशीहरुले समेत समृद्ध भाषाका रूपमा लिएको पाइन्छ । भाषा वैज्ञानिक दृष्टिले पनि नेपाली भाषा संसारको विकसित भाषामध्ये पर्छ । यसले समस्त नेपाली जनताको मनोभाव बोकेर प्रसिद्धि कमाइरहेको छ । नेपाली शिक्षा, विज्ञान प्रविधि, व्यवसाय, खेलकुद, पर्यटनका क्षेत्रमा पनि आफ्नो पहुँच पुर्याइरहेको छ ।

नेपाली नेपालको संवैधानिक भाषा हो । यसले शैक्षिक, सामाजिक, सांस्कृतिक, व्यावसायिक माध्यम भाषा बनेर आफुलाई स्थापित गरेको छ । दार्चुलाको चन्द नेपालीले ताप्लेजुङका राई नेपालीसँग सम्पर्क गर्ने माध्यम भाषा नेपाली नै हो । मोरङको यादव र सङ्खुवासभाको शेर्पाले व्यवहार चलाउने सूत्रका रुपमा नेपाली भाषा रहिआएको छ । नेपाली थारु र मगरले मित्रता कायम राख्न नेपाली भाषा नै चाहिन्छ । नेपाली नेपालको कानुनी भाषा पनि हो । नेपाली भारतको पनि संवैधानिक भाषा हो । विश्वका ख्याति प्राप्त बीबीसी, सिएनएन, चिनिया अन्तर्राष्ट्रिय रेडियो (सिआरआई), अलइन्डिया रेडियोजस्ता सञ्चार संस्थाहरुमा समेत नेपाली भाषाले वर्षौदेखि सुरक्षित स्थान पाइरहेको छ । तर विडम्बना नेपालकै विश्वविद्यालय र सञ्चारमाध्यम नेपाली भाषालाई उपेक्षा गरिरहेछन् । यसमा ठेस पुर्याउने काम कहीँ कतैबाट हुनुहुँदैन ।

पछिल्लो समयमा आएर नेपाल र नेपालीको अभिन्न अङ्ग बनेको नेपाली भाषालाई क्रमशः विस्थापित गरेर नेपाल आमाका सन्तान नेपालीको अस्तित्व सङ्कटमा पार्ने काम विषय विज्ञ मानिने महापण्डितहरुबाटै भइरहेको छ । यस्तो दुःखद परिणामले समस्त नेपालप्रेमी नेपालीहरुलाई थिचिरहेको छ । केही प्राज्ञिक भनिएका पाठ्यक्रम निर्माताहरुबाट थोरै प्रलोभनमा फसेर राष्ट्र र राष्ट्रियतालाई खाडलमा धकेल्न दुस्प्रयास भइरहेको छ ।विश्वविद्यालय र विद्यालय तहका पाठ्यक्रममा नेपाली भाषालाई कम महत्त्व दिनेजस्तो जघन्य अपराध विद्वान गुरुहरुबाटै हुँदै आएको छ । कहिले प्रविधि भित्र्याउने निउमा नेपाली भाषामाथि प्रहार, कहिले नयाँ विषय प्रवेशको निउमा प्रहार । कति जानीजानी त कति अर्काको निर्देशनबाट निर्देशित भई स्वत्व बिर्सेर नेपाली भाषालाई पाठ्यक्रमबाटै कमजोर बनाउने, प्रयोगहीन देखाउने घृणित काम भएको छ । यदि यसो होइन भने नेपालमा कारोबार गर्ने वित्तीय संस्थाहरुले नेपाली भूगोल र नेपाली समाज चिन्नु आवश्यक छैन ? नेपाली जनताको उपचार गर्छौ भनेर स्वास्थ्य सेवामा प्रवेश गर्नेहरुले नेपाली संवेदना थाहा पाउनु पर्दैन ? नेपालको दूरदराजमा बस्ने नेपालीले आर्थिक कारोबार, स्वास्थ्यसम्बन्धी परामर्श, प्रविधिसम्बन्धी सूचनाहरु पाउनु पर्दैन ? यी आधारभूत आवश्यकता परिपूर्ति गर्न नेपाली जनताले नेपाली भाषामा संवाद गर्न नपाउने ? अन्य कुनै विदेशी भाषाको सहारा लिनै पर्ने ? यस्तो दरिद्र मानसिकताले पाठ्यक्रम निर्माण हुँदा नेपालको भविष्य कहाँ पुग्छ र कसरी सुरक्षित हुन्छ ? यदि यस्तो परिस्थितिलाई सामान्य ठानेर यसो गरिएको हो भने सुदूर भविष्यमा यसले सिङ्गै मुलुकको अस्तित्व सङ्कटमा पार्छ भन्ने कुरा अलिकति पनि हेक्का नराखेको र लापर्बाही गरेको ठहर्छ । यस्तो दुर्घटनाबाट नेपाल र नेपालीलाई बचाउन स्वयम् नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, संस्कृति मन्त्रालयसमेत यस मातहतका पाठ्यक्रम विकास केन्द्रहरू इमानदारीपूर्वक संवेदनशील हुनु जरुरी देखिन्छ । आवश्यकता हेरी सरकारी हस्तक्षेप पनि हुनुपर्ने हुन्छ ।

सबै नेपालीको साझा भाषा नेपालीले अनिवार्य विषयका रूपमा मावि तहका कक्षाहरुमा विशेष महत्त्व पाउनुपर्छ । सहज ढङ्गले पठन–पाठन गराइनु आवश्यक छ । यस्तो राष्ट्रिय अस्मितासँग जोडिएको  चुनौतीलाई कुनै नेपाली विषय पठन÷पाठनमा लागेकाहरूको गुनासो ठानेर जिम्मेवार नागरिक दायित्व  निर्वाह गर्नबाट भाग्ने गल्ती नदोहोर्याइयोस् । यो त समस्त नेपालीको हृदयमा बसेको मननीय विषय हो । महाविद्यालयमा पनि मानविकीका केही सीमित कक्षाहरूमा मात्र पढे÷पढाएर पुग्दैन ।

व्यवस्थापन र विज्ञान सङ्कायका स्नातक तहसम्मका कक्षाहरूमा पनि कम्तीमा १००÷१०० पूर्णाङ्कको नेपाली विषयको अनिवार्य पठन–पाठन किन नगर्ने÷नगराउने ? यो गम्भीर प्रश्न हो । यसलाई सच्चा नेपालीले हलुका ठान्दैन, ठान्न मिल्दैन पनि । नेपाल नभई नेपाली र नेपाली नभई नेपालको जस्तै नेपाली भाषा विनाको नेपाल र नेपाली कल्पना गर्न सकिन्न । यस क्रममा नेपाली जनता, पठन–पाठनमा लागेका सचेत नागरिक समुदाय तथा सरकारी निकाय सबैले गम्भीर रुपमा लिएको वाङ्मयको उछितो काढ्ने कुरा कदापि सह्य हुँदैन । यसका सम्बन्धित सबैको सक्रियतामा पाठ्यक्रम विकास केन्द्रहरुले नेपाली विषयलाई खुम्च्याएर नेपाल आमामाथि गरेको यस्तो खेदजनक कठोर प्रहार टुलुटुलु हेरिरहन सकिँदैन । यसमा सम्बन्धित पक्षले पुनर्विचार गरोस् । हेक्का रहोस् कि विदेशी भाषा आवश्यकताले पढिने हो भने नेपाली भाषा व्यावहारिक ज्ञान, प्रयोगात्मक सिप सिकेर राष्ट्रिय पहिचान व्यवस्थित र सुरक्षित राखिरहन पढिने विषय हो ।

अतः यस जनभावनालई गम्भीर रूपमा लिएर अबिलम्ब सकारात्मक निर्णय लिइयोस् । कतै नेपाली वाङ्मयको अस्तित्व कायम राख्न कठोर निर्णय लिएर सङ्घर्षमा उत्रन बाध्य नबनाइयोस् । ‘अस्तु’ 

administrator

ई-हुलाकी

  • Previous
  • Next

यो पनि पढौँ

  • भर्खरै
  • लोकप्रिय
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: