आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

कृषि

नक्कली गरिमा धानको ७ करोड ३६ लाख क्षति मूल्याङ्कन

  • रासस
  • मंसिर ०६, २०७६, शुक्रबार
img

काठमाडौँ । चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ ।

जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्याङ्कन गरेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भन्नुभयो, “हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छौँ । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।”

केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानको आधारमा, बीमा नीतिको आधारमा र उत्पादन क्षमताको आधारमा क्षति मूल्याङ्कन गरेको छ । बालिको लागत अनुमानको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३१७ क्षतिको मूल्याङ्कन गरिएको पौडेलले जानकारी दिनुभयो । यसमा प्रतिकट्ठा लागत मूल्य रु तीन हजार ६३५ मूल्याङ्कन गरिएको छ ।

बीमा नीतिको आधारमा रु छ करोड ६३ लाख २२ हजार १८६ क्षति मूल्याङ्कन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत रु तीन हजार ६३५ नै मूल्याङ्कन गरिएको छ । उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी रु १० करोड ३७ लाख २९ हजार ४८४ क्षति मूल्याङ्कन गरिएको उहाँले जानकारी दिनुभयो । यसमा प्रतिकट्ठा रु पाँच हजार ११६ मूल्याङ्कन गरिएको छ । कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताको आधारमा मकवानपुरको मनोहरी गाउंँपालिकाको २७२ बिघा क्षेत्रफलको रु पाँच हजार ११६ का दरले रु १३ लाख ९१ हजार ७३३ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा लगाइएको धानको रु तीन लाख ८८ हजार ८६६ क्षति मुल्याङ्कन गरिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिकाको छ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार रु तीन करोड नौ लाख चार हजार ६६६, खैरहनी नगरपालिकाको चार हजार १११ बिघा क्षेत्रफलको रु दुई करोड १० लाख ३८ हजार ९८३, कालिका नगरपालिकाको एक हजार ६८ बिघाको रु ५४ लाख ६७ हजार १५८ क्षति मूल्याङ्कन गरिएको छ ।

यसैगरी रत्ननगर नगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड ६० लाख १८ हजार ९०१, भरतपुर महानगरपालिकाको तीन हजार २७५ बिघाको रु एक करोड ६७ लाख ६१ हजार ७४ क्षति मूल्याङ्कन गरिएको छ । यस्तै माडी नगरपालिकाको दुई हजार २९८ बिघामा रु एक करोड १७ लाख ५८ हजार १०० क्षति मूल्याङ्कन भएको छ । केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्याङ्कन गरेको छ । मनोहरी गाउंँपालिकामा २७२ कठ्ठा क्षेत्रफलमा रु नौ लाख ८८ हजार ७१२ बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा रु दुई लाख ७६ हजार २५८ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राप्ती नगरपालिकाको छ हजार ४० कट्टा क्षेत्रफलको रु दुई करोड १९ लाख ५५ हजार २३८, खैरहनीको चार हजार १११ बिघामा रु एक करोड ४९ लाख ४६ हजार ४७७ क्षति मूल्याङ्कन भएको छ । यसैगरी रत्ननगर नगरपालिकामा तीन हजार १३० बिघा क्षेत्रफलमा रु ३८ लाख ८३ हजार ९६९, भरतपुर महानगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड १९ लाख सात हजार ३७२ को क्षति मूल्याङ्कन गरेको छ । माडी नगरपालिकाका दुई हजार २९८ बिघामा रु ८३ लाख ५३ हजार १६८ क्षति भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो । सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट दुई हजार ६९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । दुई जिल्लामा गरी ६७५ हेक्टरमा यो धान लगाइएको थियो । गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्याङ्कन गरेको थियो । मूल्याङ्कन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभएको बताएको थियो । धान पाक्ने समयमा पनि बाला नलागेपछि कृषक चिन्तित वनेका छन् । 

रासस

  • Previous
  • Next

यो पनि पढौँ

  • भर्खरै
  • लोकप्रिय
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: