माघ २ गते सार्वजनिक बिदा

ehulaki
----------------- | माघ १, २०७५ मंगलबार | 0

टीकापुर, माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । 

टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताउनुभयो । 

सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालय र अन्य विषयगत कार्यालय बन्द रहने छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय