बुधबार ०८ फाल्गुन, २०७५ (Wednesday, 20 February, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

जीवन

उपचारमा सम्पत्ति सकिएपछि मन्दिरको बास

  • ई-हुलाकी
  • माघ २६, २०७५, शनिबार
img

 

 क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ । 

फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो । एउटा झुपडी र चार हलको खेत बेचेर आएको रु १२ लाख उपचारमा सकिएपछि मन्दिरको बास भएको उहाँ बताउनुहुन्छ । सतसठ्ी वर्षीय कँडेल ‘प्रोष्टेट क्यान्सर’बाट पीडित हुनुहुन्छ । पिसाबमा रगत देखिन थालेपछि २०७१ पुस १४ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुगेर चार महीनासम्म उपचार गरेपछि उहाँको रगत बग्ने समस्या कम भयो । 
उपचारका क्रममा रु १० लाख खर्च भयो । पोखराबाट फर्किएको एक महीना नहुँदै फेरि पिसाबमा रगत देखिन थालेकाले भएको घरखेत बेचेर गाउँलेको सल्लाहमा कँडेल २०७५ जेठमा चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा पुग्नुभयो । एक महीनाको उपचारपछि साथमा भएको रकम सकियो । अस्पतालले थप उपचारका लागि रकम रकम जम्मा गर्न सल्लाह दिएर अस्पतालबाट फिर्ता पठाएकाले गृह जिल्ला आएपछि अहिलेसम्म गाउँ पुगेको छैन भन्दै उहाँ गुनासो गर्नुहुन्छ, “ गाउँमा घर पनि छैन साथमा रकम पनि भएन, अब केका लागि गाउँ जाने रु” 

गत वर्ष पुसदेखि श्रीमतीसहित मन्दिरमा बस्दै आउनुभएका कँडेलले चिकित्सकले रु २२ लाख भए उपचार हुने सल्लाह दिएको जानकारी दिँदै भन्नुहुन्छ, “मसँग रु २० पनि खल्तीमा छैन, रु २२ लाख कहाँबाट ल्याएर उपचार गराउनु तर जस्तो भए पनि बाँच्न भने मन लाग्दोरहेछ ।” 

कँडेलका चार छोरा छन् । छोराहरूको पनि उपचार गराउन सक्नै आर्थिक अवस्था राम्रो छैन । कान्छा छोरा मोहनबहादुर कँडेल रोजगारीका लागि दुबई पुगेका छन् । मोहनबहादुरले पठाएको रकम औषधि किन्दैमा सकियो, जेठा छोरा सोमबहादुरले कृषि पेशाबाट जेनतेन परिवार पाल्दै आएको छ, माइलो छोरो रोजगारीका लागि भारतमा गएको छ भने साइँलो छोरो पोहोर साल आगोमा डढेर अझै उपचार गराउँदै आएको उहाँ आफ्नो व्यस्था सुनाउनुहुन्छ । 

औषधि किनेर खान मासिक रु १० हजार जति खर्च हुने गरेको गरेकाले उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग गर्न कँडेलले अपिल गर्नुभएको छ । कँडेललाई पर्वत सेवा समाजले शुक्रबार रु १० हजार २५ प्रदान गरेको छ । समाजका अध्यक्ष मुना भुषाल र फलेवास–११ का वडाध्यक्ष जीतबहादुर सुनारले पीडित कँडेल दम्पतीलाई उपचारका लागि प्राप्त रकम सो रकम प्रदान गर्नुभएको हो ।रासस

ई-हुलाकी

  • Previous
  • Next

यो पनि पढौँ

  • भर्खरै
  • लोकप्रिय
img

‘३० गतेदेखि ग्यास विक्रिवितरण ठप्प’

img

प्रदेश नं ५ को स्थायी राजधानीका लागि सुझाव सङ्कलन

img

कृषिमा किसानभन्दा विचौलियाको प्रभाव

img

सेनाको शिविरमा सर्वसाधारणको घुइँचो

img

दाङकी सफल महिला उद्यमी तुलसा

img

'धम्कीको पर्वाह नगरी बिरामीको सेवा गरिरहेको छु , तर सुरक्षीत छु भन्न मिल्दैन'- डा . कृष्ण सागर पौडेल

img

विद्यार्थीको घेराऊ पछी स्ववियु निर्वाचन निश्चित : केन्द्रिय निर्वाचन समिति घोषणा

img

भुकम्पको बारेमा, भुकम्प मापन केन्द्रका प्रमुखको यस्तो प्रतिक्रिया

img

शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधान गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

img

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक / प्रकाशक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   [email protected]
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: