राज्य र विप्लव आमने सामने - के होला परिणाम ?

ehulaki
निश्चल शर्मा | चैत ११, २०७५ सोमबार | 0

विप्लव बारे काठमाडौंमा भ्रम

  नेत्र विक्रम चन्द समर्थित नेकपालाई प्रतिबन्ध लगाए पछिका दिनहरुमा जुन कोणबाट चर्चा भए पनि चर्चाको केन्द्रमा रहन सफल पात्र हुन नेत्र विक्रम चन्द 'विप्लव'। प्रतिबन्ध पछि उनको ग्राफ घटेको देखिन्छ । एकातिर उनको पार्टीका दोस्रो बरियताका नेता र प्रबक्ता प्रकाण्ड निष्क्रिय भएको समाचार आइरहेको छ भने तेस्रो स्थानका नेता गिरफ्तार भएका छ्न । सतहको दृश्य यही नै हो । जसको निस्कर्ष निस्कन्छ विप्लव गल्दैछ्न वा दवाबमा छ्न ।

   अन्तर्यमा हेर्ने हो भने विप्लव ले जति बेला शक्तिशाली नेतृत्वको विरुद्ध आफुलाई उभ्याए त्यति बेला हेमन्त प्रकाश ओली विप्लव संग थिएनन बरु बिल्कुल विपरित कित्तामा थिए । नेतृत्व संग असहमति देखि फुटका शृङ्खला सम्म हेर्दा  विप्लव सँकुचित हुँदै थिए  । तर ,उनको 'एकीकृत क्रान्ती' नामको बिचार सङ प्रभावित हुने कित्ता चाहिँ बिस्तार हुँदै थियो । त्यसैले राज्यको आँखाबाट  जे देखिन्छ विप्लवको आँखा बाट हेर्दा अर्कै देखिन्छ । 

   विप्लव आफ्नो वाटोमा आफै नेतृत्व गर्दै हिड्दैछन । अहिले सम्म उनको टिमले उनलाई नेतृत्वमा ल्याउन र पार्टी भित्र प्राधिकारका रुपमा स्थापित गर्न धेरै लामो प्रतीक्षा गर्यो । यति धेरै धैर्यता पुर्बक एउटा ब्यक्तीलाई नेतृत्वमा स्थापित गरिएको इतिहास सायदै होला । त्यसैले विप्लव आफ्नो ईच्छा शक्ति र महत्वाकांक्षामा मात्र सवार छ्न भन्ने बुझाइ नै गलत र हावादारी छ। हावादारी स्केच बनाएर विप्लवको खोजिमा निस्केको राज्यले कहिले प्रकाण्ड भेट्नेछ त कहिले सुदर्शन भेट्नेछ । 

   विप्लव ती मानिसहुन जसले जनयुद्धको नेतृत्व अर्थात पुष्प कमल दहाललाई नेपालमा युद्ध अबधीभर सबैभन्दा लामो समय सुरक्षा प्रदान गरे । एकातिर त्यो अनुभव छ भने नेतृत्वको रक्षाको विषयमा माओवादी कालमा जे जति पढाईयो त्यो काफी नै छ । अर्थात  विप्लवको रक्षा उनको पार्टीको सबै भन्दा प्राथमिक कार्यभार हो भन्ने कुरा उनका सबै कार्यकर्तालाई राम्रो सङ थहा छ । त्यसैले विप्लव र राज्यको वार्ता सिके राउत सङ जसरी जेलमा नहुने कुरा नै  कमसेकम तत्कालका लागि सत्य हो । 

  तात्कालिक नेकपा ( माओवादी ) र पुर्व प्रधान सेनापती रुक्मांगद कटवाल बिच जतिबेला पानी बाराबारको सम्बन्ध थियो , कृष्ण बहादुर महरा र विप्लव सुटुक्क कटवालको घरमा पुगे । विप्लव कटवाललाई कन्मिन्स गर्न सकिन्छ भन्ने बिश्वासले त्यहा पुगेका थिए । यसले पनि उल्टो धारमा तैरने उनको शौखलाई सन्केत गर्छ।

   अर्को कुरा माओबादको आदर्शमा हुर्केका उनलाई पार्टीको नामबाट माओवादी शब्दावली झिक्न प्रचण्डलाई जति गार्‍हो भएन । माओवादी शब्दको बहुमुखी फाइदालाई संगठनमा उतार्ने लालचा बाट माथी उठ्दा नै उनको कदममा दुरगामी यात्राको झल्को पाइएको थियो । उनी उनी आवस्यकता अनुसार बद्लिन सक्ने मानिसहुन , कुनै बेला प्रचण्डले उत्तराधिकारी जसरी हुर्कायका र आशा गरेका मानिस हुन उनी । उनको रणनीति प्रकाण्डको डायरीमा खोज्नु अर्को मुर्खता हुनेछ किनकी प्रकाण्ड स्वयं बिप्लवको समानन्तर गतिबिधिमा सक्रिय थिए ।

   प्रकाण्डको डायरीमा आफ्नो नाम पनि पाए पछि देउवाले विप्लव समुहलाई लगाएको प्रतिबन्धको खुलेरै समर्थन गरेका थिए तर देउवा २४ घण्टा पनि टिकेनन । उनले विप्लवलाई उपयोग गर्न चाहे या विप्लवले उनलाई उपयोग गर्न सफल भए समयले बताउला तर देउवामा विप्लव प्रभाव बिजुलिकै गतिमा देखियो । यो सबै चातुर्यता , प्रभाव र अडान हेर्दा विप्लवमा देशलाई अवस्यक नेतामा चाहिने केही चाल ढाल देख्न सकिन्छ । सिके राउतले समेत नाप्न खोजेको मुलधारमा कुनै दिन विप्लवले आफ्नो करिस्मा नदेखाउलान भन्न सकिँदन।

सफल हुदैन विप्लवी बाटो 

   संसारभरी कम्युनिस्टहरुले अपनाएको क्रान्तिको बाटो भनेको या त दीर्घकालीन जनयुद्धको बाटो हो या त ससस्त्र बिद्रोहको बाटो हो । नेपालमा दुबै संभब छैन भन्ने निचोड तात्कालिक माओबादिले ०५७ सालमै निकालेको हो । त्यसैले दुबै कार्यदिशालाई फ्युजनको कार्यदिशामा बदलियो र नयाँ लाइन बिकास गरियो । विप्लवको एकीकृतक्रान्ती  पनि प्रकारान्तरले ससस्त्र विद्रोहको तयारी नै हो । तर शहर बाट कटेर कस्तो बिद्रोह हुन्छ ? निम्न कुरामा ध्यान दिने हो भने विप्लवको बाटो असफलताको बाटोहो भनेर भन्न सकिन्छ ।

    एक,  नेपाल यो दशकमा तिब्र रुपले बदलिएको छ सन्चार र यातायात सन्जालमा ठुलो परिवर्तन आएको छ भने मनिसको दैनिकैमा त्यसले ठूलो प्रबाब पारेको छ । यस्तो अबस्थामा भुमिगत कार्यशैली अपनाउने वातावरण नै छैन । नेपाली समाजमा भैरहेको गतिविधि अमेरिका र युरोप बाट सजिलै अनुगमन गर्न सकिने ठाउँमा हामी पुगेका छौ । त्यसैले जति सुकै क्रान्तिकारी विचार किन नहोस अब को दुनियामा  टेक्नोलोजीमा आधारित क्रान्ती मात्र दिर्घ रहन सक्छ । जसको लागि मद्यम बर्गको युवा चाहिन्छ । 

    दुई , नेपालमा मार्क्सले भनेको जस्तो मजदुर छैन र लेनिनले भनेको जस्तो किसान पनि छैन । पुजिवादको पछिल्लो संसकरण भनेको मजदुरलाई अलग थलग राखेर उत्पादन गर्ने हो । एउटै बस्तुका अलग अलग पार्ट अलग अलग स्थानमा सानो सानो फ्याक्ट्रीमा निर्माण गरिन्छ र अर्को स्थानमा लगेर एसेम्ब्लिङ गरिछ अनि ट्रेडमार्क लगाइन्छ । यसरी मुख्य उत्पादन कर्ता मालिकले जोडजाड मात्र गर्छ , अलग अलग धेरै ठाउँबाट अरुलाई उत्पादन गर्न लगाउछ जसले गर्दा ठूलो संख्यामा मजदुर संगठित हुने अबसरनै रहदै । अर्को तिर जहाँ मजदुर संगठित हुन्छ्न त्यहा हुने आन्दोलनले प्रोडक्सननै बन्द हुने अबस्था आउदैन । यो मजदुर आन्दोलनको अन्तरास्ट्रिय सम्स्या हो । यसको विकल्पमा कुनै पनि देशमा छलफल भएको छैन। 

   तीन, अन्तर्राष्ट्रिय रुपमा कम्युनिस्ट आन्दोलन रास्ट्रीयताको घेरामा सिमित छ तर श्रम शक्तीको अन्तर्राष्ट्रियकरण गरिएको छ । जस्तो मजदुर देखि प्राबिधिक सम्म पनि जुन कुनै देशमा गएर काम गर्ने ब्यबस्था गरिएको छ । तर क्रान्तिको भुगोल रास्ट्रीयताको सिमा भित कैद छ ।यसरी क्रान्तिकारी बर्ग र क्रान्तिलाई बर्तमान पुजिबादले मिहिन पाराले छुट्टयाई दिएको छ । यो आर्थिक सम्बन्धको बदलाब माथी अर्को 'पुजि' नलेखिकन कम्युनिस्ट आन्दोलन कहिले दायाँ त कहिले बायाँ भड्खाबमा जानू अनिवार्य छ।

चार , श्रम र पुजि बिचको अंतर्विरोध लाई प्रयोग गरेर क्रान्ति हुँदै आयो तर आजको विस्वमा श्रम र पुजि भन्दा ठूलो अन्तरबिरोध साम्राज्यवादी देशहरुबिचको अन्तरविरोध हो । जसबाट फाइदा लिने कोर्समा  अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई नपुर्‍याईकन माओ पछिको ठहराव अन्त्यहुन सम्भब छैन। साना ठुला छाल उठाउन त पक्कै सकिन्छ ।

पाँच , क्रान्ती होइन त्यसको रक्षाको सवाल माओपछिको सबै भन्दा महत्त्वपूर्ण बैचारिक प्रश्न थियो । आफ्नो रक्षा गर्न नसक्ने क्रान्ती ब्यर्थको लफ्फाजी मात्र हो । आज मार्क्सबादको लडाई प्रत्यक्ष आफ्नो देश भित्र देखीएपनी विश्व साम्राज्यवाद सङै ठोकिन पुग्छ त्यसैले एउटा कमजोर मुलुकको क्रान्तिलाई रक्षा गर्न असम्भब जस्तै छ । त्यसैले नेपाललाई एउटा समृद्ध मुलुकमा रुपान्तरण गर्दै समाजबादी भाइचारा बिकास गर्नु यहाका कम्युनिस्टहरुको कार्यभार हो । 

छ , बिद्रोह सफल हुनलाई अनिवार्य सर्त हो कमजोर र बदनाम हुँदै गएको सत्ता । तर प्रधानमन्त्री ओलीको ग्राफ अहिले पनि बढ्दो क्रममा छ । समृद्धिको सपना देखाउन सफल मानिसको रुपमा जनताले उनिबाट धेरै आशा गरिरहेका छन । यस्तो बेला बिद्रोही गतिबिधिको प्रक्षेपण गर्नु  आत्मघाती कदम नै साबित हुने छ ।

ओली - विप्लव सहमतिको विन्दु 

  न त राज्यले सोचे जति विप्लव कमजोर छ्न  न त राज्यसत्ता कब्जा गर्न सक्ने अबस्था र लाईनमा छ्न । उनले सत्ता हल्लाउन चाहिँ पक्कै सक्छ्न त्यो अबस्थामा देश फेरि पछाडी फर्कने र अन्ततः ओली र विप्लव दुबैले हार्ने अबस्था आउन पनि सक्छ । त्यसैले पावर सेयरिङमा विप्लवलाई सम्बोधन गर्दै बलियो नेकपा निर्माण गर्ने अबसर नेकपालाई पनि छ भने आफ्ना सपनाहरु मुलधार बाटै प्रयोगमा लैजाने अवसर विप्लवलाई पनि छ । बलियो आकान्क्षा र मजबुत टीम सहित बिप्लव मुलधारको राजनितिमा उदाउने संभावना पनि उनले नजरअन्दाज गर्नु हुदैन।

  नेकपाले समाजबादी कार्यदिशा अगाडी सारेको अवस्था छ भने अर्को तिर  नेकपा भित्र बलियो मात्रामा स्वाधिन अर्थतन्त्रको विकासको आकान्क्षा विद्यमान छ । यस्तो अबस्थामा कार्यगत वा रणनीतिक एकता कायम गरेर जान सकिने थुप्रै विकल्पहरु अगाडी आउन सक्छ्न ।  विप्लललाई कस्तो स्पेस दिएर सम्बोधन गर्न सकिन्छ भनेर राज्यले सोच्नु पर्छ ।  अन्तहीन युद्द देशले धान्न गार्हो छ ।

अझै पनि जनताको ठूलो हिस्साले ओली - प्रचण्ड  र विप्लवलाई एकै सिक्काका दुई पाटाका रुपमा बुझ्छ्न ।दुबैपक्ष गम्भीर नहुने हो भने अन्तत कमजोर हुने नेपालको कम्युनिस्ट आन्दोलननै हो ।

 

   

 

 

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय