शनिबार २१ मंसिर, २०७६ (Saturday, 7 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

स्वास्थ्य

जन्मेको आठ मिनेटपछि मुटुको धड्कन आयो

  • रासस
  • चैत्र ११, २०७५, सोमबार
img

 

काठमाडौँ, शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको थियो भने श्वासप्रश्वास पनि लिन सकिराखेको थिएन । झन्डै पाँच मिनेटपछि सुत्केरीले दोस्रो सन्तानको जन्म दिइन् । ती नवजात शिशुको अवस्था पनि पहिलोको सन्तान जस्तै दोहोरियो । 

दुबै नवजात शिशु छोरी थिए । हामीले तत्काल दुबै शिशुलाई नवजात शिशु उपचार कक्षमा लिएर गयौं। आफूले सिकेका ज्ञान, सीप र प्रविधिलाई सामूहिक रुपमा प्रयोग ग¥यौँ र दुवैको सफल उपचार ग¥यौँ । 

स्याङ्जा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक अमृत पोखरेल आज यहाँ आयोजित दशौँ स्वास्थ्यकर्मी सम्मेलनमा आफ्नो अनुभव सुनाउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमा नवजात शिशु उपचार कक्ष थिएन भने ती जुम्ल्याहा शिशुलाई बचाउन मुस्किल पर्दथ्यो । ती शिशुको आठ मिनेटपछि मुटुको धड्कन आयो । शिशुले नवजीवन प्राप्त गरेँ ।” 

नेपाल सरकारको रु ३० लाख र निक साइमन्स इन्स्टिच्यूटको रु पाँच लाख आर्थिक एवं प्राविधिक सहयोगमा सो कक्ष डा पोखरेलको विशेष पहलमा निर्माण भएको थियो । सो कक्ष यतिखेर गण्डकी प्रदेशका लागि उत्कृष्ट केन्द्र बनेको छ । उसो त अस्पतालले गर्भवती आमाको सकेसम्म शल्यक्रिया नगरी सुत्केरी गराउने नीति लिएको छ । सुत्केरीका कारण नवजात शिशु र आमाको मृत्युसमेत अस्पतालमा भएको छैन । चिकित्सक पोखरेल भन्नुभयो, “ग्रामीण क्षेत्रमा बसेर सेवा गर्छु भन्ने इच्छा शक्ति, जाँगर चाहिन्छ, धेरै परिवर्तन गर्न सकिन्छ ।” 

सर्लाही हजारिया स्वास्थ्य चौकीमा पाँचौँ तहमा कार्यरत अनमी तिर्सना पन्थी घिमिरेले छोटो अवधिमा स्वास्थ्य सेवामा गर्नुभएको सेवाले सो क्षेत्रका जनता असाध्यै खुशी बनेका छन् । उहाँले भन्नुभयो, “पहिलो दिन जाँदा बस्ने कुर्सी थिएन । रक्तचाप परीक्षण गर्ने उपकरण, थर्ममिटर पनि थिएन । सिटामोल र भिटामिन ए मात्र थिए ।” तर अहिले जनशक्ति, उपकरण तथा औषधिको कुनै अभाव छैन उहाँले सुनाउनुभयो । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्युटद्वारा हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा सातै प्रदेशबाट १२५ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । सम्मेलनको पहिलोदिन आज सङ्खुवासभा मकालु स्वास्थ्य चौकीका स्वास्थ्य सहायक छिङ दोर्जी लामा, बझाङ जिल्ला अस्पतालमा कार्यरत अनमी सरिता सिंहले आ–आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । 

ग्रामीण क्षेत्रका प्रभाव भइराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल र तालीम प्रदान गर्ने उद्देश्यले आयोजना भएको सम्मेलनमा निक साइमन्स पुरस्कार २०१८ समेत प्रदान गरिनेछ । इन्स्टिच्युटका प्रशासन संयोजक नवराज श्रेष्ठका अनुसार सम्मेलनको पहिलो दिन ग्रामीण क्षेत्रका कार्यरत चिकित्सक, नर्स, स्वयंसेविकाले आफ्ना उत्कृष्ट स्वास्थ्य सफलतालाई प्रस्तुत गर्नुभएको थियो । जिम र मेरिलिन्स साइमन्सले आफ्ना दिवङ्गत छोरा निक साइमन्सको सम्झनामा स्थापना गर्नुभएको सो इन्स्टिच्युटले सन् २००८ देखि ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन आयोजना गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् सो संस्थाले हाल वर्षेनी रु ३५ देखि ४० करोड नेपालको स्वास्थ्य सेवा सुधारका लागि खर्च गर्दै आएको छ । 

‘अस्पताल सहयोग विकास कार्यक्रम’मार्फत् ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी, भौतिक पूर्वाधार, तालीमलगायत गुणस्तरीय स्वास्थ्य सेवा सुधारका लागि सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

सो संस्थाले विभिन्न १८ जिल्लामा कार्यक्रम गर्दै आएको र आगामी दिनमा २५ जिल्लामा योजना सञ्चालन गर्ने जनाएको छ । ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवा प्रवाह गर्दा आइपर्ने चुनौतीलाई समाधान गर्न सम्मेलन महत्वपूर्ण मानिँदै आएको छ । 

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

  • मंसिर १८, २०७६, बुधबार
  • भर्खरै
  • लोकप्रिय
img

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

img

फाँसीको माग उठेपछि बलात्कार भएकै ठाउँमा लगेर अभियुक्तलाई इन्काउन्टर

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

जपान कामदार लैजाने परिक्षामा सबै फेल : दोष कस्को ?

img

कालापानीमा भारतीय दावी प्रती भारतिय सेनामै आशङ्का

img

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

img

च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए अनि.....

img

भोली काठमाडौंमा जोर बिजोर प्रणाली , अन्य जरुरी नियम बुझ्नुस नत्र दिनभर झन्झट बेहोर्नु पर्ला

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

अन्तिम पटक असोज ३० गते सम्पर्क भएको थियो, त्यसपछि गर्भ रह्यो...

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: