म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सुरु

ehulaki
रासस | चैत २२, २०७५ शुक्रबार | 0

म्याग्दी, मङ्गला गाउँपालिकाको बरञ्जा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण शुरु भएको छ । 

सडक डिभिजन कार्यालय बागलुङले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको मसानघाट तथा बेनी नगरपालिका–४ फापरखेतदेखि मङ्गला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल बनाउन लागेको हो । यो पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हँुदै ठूलो भूगोल र बस्ती भएका बरञ्जा र अर्मन सिधा सडक सञ्जालमा जोडिने मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो । 

यो पुल ४०÷४० मिटरको डबल स्पाम भएको बन्नेछ । ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनीयर मकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो । फापरखेत–पखेर जोड्ने पुलको लम्बाइ ११७ मिटर र चौडाइ ११ मिटर छ । यो पुलमा चार वटा पिल्लर हुनेछन् । 

 दुई वटै पुल बनाउन लुम्बिनी प्राकृतिक जेभीले ठेक्का लिएको छ । फापरखेत–पखेरको दश करोड ७२ लाख र माटेबगर–मसानघाटको रु ११ करोड २४ लाख २५ हजारमा ठेक्का सम्झौता भएको छ । २०७५ पुस २५ गते सम्झौता भएको दुवै पुल २०७७ साल पुस २५ मा सम्पन्न गर्ने लक्ष्य छ । पुल निर्माण भएपछि मङ्गला गाउँपालिकाको अर्मन, बरञ्जाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दालाई सुविधा पुग्ने मङ्गला–३ का वडाध्यक्ष कवीन्द्र रोकाले बताउनुभयो । अर्मन र बरञ्जामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय