खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक पारित

ehulaki
रासस | चैत २५, २०७५ सोमबार | 0

रुपन्देही, प्रदेश नं ५ प्रदेशसभाले आज दुई विधेयक पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।     
     
बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले तथ्याङ्क सम्बन्धी र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले खानी अन्वेषणसम्बन्धी विधेयक सभामा प्र्रस्तुत गर्नुभयो । आजको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश नं ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।     
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय