नेपालको विजयी शुरुआत, सिंगापुर २१७ रनले पराजित

ehulaki
ई-हुलाकी | चैत २९, २०७५ शुक्रबार | 0

 अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल  यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनले पराजीत गरेको छ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । सिङ्गापुरविरुद्ध बनाएको यो स्कोर यू–१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठूलो स्कोर हो ।     
     
 खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो तर कप्तान रोहितकुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । सिङ्गापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले दुई दुई विकेट लिए ।
२८३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सकेको थियो । सिङ्गापुरका लागि ब्याटिङमा ईशान सायनीले २८ र साई हर्सा वेनुगोपालले १८ रन बनाएका थिए । बलिङतर्फ नेपालका लागि पवनले ३,सुर्य तामाङ र कुसल मल्लले २-२ विकेट लिएका थिए । खेलमा पवन म्यान अफ द म्याच भए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय