काठमाडौंमा अन्तराष्ट्रिय स्तरको ‘ज्वेलरी एक्स्पो’ हुने

ehulaki
ई-हुलाकी | बैशाख ३, २०७६ मंगलबार | 0

 

आगामी जेठ ३, ४ र ५ गते काठमाडौंमा ‘नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो एक्स्पो आयोजना गर्ने मितिसहितको कार्यक्रम सार्वजनिक गरेको हो । खानी तथा भूभर्ग विभागको सहकार्यमा सो एक्स्पो काठमाडौंको लैनचौरस्थित विभाग परिसरमै आयोजना हुनेछ । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिनु भयो । मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ७० वटा कम्पनीहरुले भाग लिने पनि अध्यक्ष महर्जनले बताउनु भयो ।

एक्स्पोमा अधिकतम सहभागिता जुटाउन विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैर आवासीय नेपाली संघलगायतका निकायसँग पनि सहकार्य भईरहेको महासंघले जनाएको छ । नेपाली गरगहनाको मौलिकता विश्वमै उदाहरणीय मानिन्छ । त्यसैले त्यसको प्रवद्र्धनका लागि पनिसो एक्स्पो उपयोगी हुने विश्वास गरिएको महासंघका अध्यक्ष महर्जनले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय