'पब्जी' खेल प्रतिबन्ध गर्दा, कसको टाउको दुख्यो ?

ehulaki
ई-हुलाकी | बैशाख ४, २०७६ बुधबार | 0

काठमाडौं : 'पब्जी'ले बिद्यार्थीहरुलाई नकारात्मक असर गरेको भन्दै अभिभावक र बिद्यालयले गरेको माग अनुसार नेपाल प्रहरीको अनुरोधमा नेपाल दुरसंचार प्राधिकरणले उक्त खेलमाथी  प्रतिबन्ध लगाएको थियो । 'पब्जी' माथीको प्रतिबन्धका कारण अभिभावकहरु खुसी नै देखिन्छ्न तर , चार जना कानुन व्यावसायीहरुले प्रतिबन्धको बिरुद्धमा सर्बोच्च अदालत पुगेका छ्न ।

  प्रतिबन्ध गैह्र कानुनी भएको र यसले स्वतन्त्रतालाई अनुचित प्रतिबन्ध लगाईएको भन्दै अधिवक्ता प्रबिण सुवेदी सहित अन्य तीन जनाले रिट दायर गरेका हुन । रिटमा नेपाल सरकार , प्रधानमन्त्री कार्यालय ,गृह र संचार मन्त्रालयलाई बिपक्षी बनाईएको छ त्यस्तै  काठमाडौ जिल्ला अदालत , महानगरीय प्रहरी अपराध महाशाखा र दुरसंचार प्राधिकरणलाई पनि बिपक्षी बनाईएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय