महिला फुटबलमा प्रदेश नं ५ विरुद्ध थापाको ह्याट्रिक

ehulaki
रासस | बैशाख ६, २०७६ शुक्रबार | 0

घोराही, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ ।     
     
बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गर्नुभएको हो । यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी नम्बर ७ की निर्मला थापाले एक गोल गर्नुभएको छ । खेलमा ६–०ले नेपाल पुलिस विजयी भएको छ । प्रदेश ५ ले एउटा पनि गोल गर्न सकेन । अपराह्न ३ बजेदेखि प्रदेश २ र प्रदेश ३ बीच खेल चलेको जिल्ला फुटबलसँग दाङका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो ।     
   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय