राष्ट्रबैकको बार्षिकोत्सवमा वित्तीय साक्षरता साईकल ¥याली

ehulaki
ई-हुलाकी | बैशाख ७, २०७६ शनिबार | 0

   नेपाल राष्ट्रबैकले  आफ्नो ६४ औ बार्षिकोत्सवको अवसर वित्तीय साक्षरता साईकल ¥याली गरेको छ । 

बैक तथा वित्तीय संस्थाहरुको समेत सहभागितामा नेपाल राष्ट्रबैकले सनिबार केन्द्रीय कार्यालय बालुवाटारबाट साईकल ¥याली सुरु गरेको हो । राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपालले रिबन काटेर साईकल ¥यालीको उद्घाटन गर्नुभएको थियो ।  वित्तीय साक्षारताको साथै नेपाल सरकारले अघि सारेको सबै नेपालीको बैक खाता बनाउने अभियानलाई सहयोग पुर्याउने उद्देश्यका साथ साईकल ¥याली आयोजना गरिएको कार्यक्रमका संयोजक एवं नेपाल राष्ट्र बैक, बैक सुपरिवेक्षण महाशाखाका प्रमुख महेश्वरलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बालुवाटारबाट सुरु भएको वित्तीय साक्षारता  साईकल ¥याली काभ्रेको नालास्थित श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा पुगी समापन हुने छ । धार्मिक तथा पर्यटकिय महत्व बोकेको नाला सबै दृष्टिले पछि परेकाले त्यस स्थानको महत्व दर्शाउने उद्देश्यसाथ सो स्थानमा जनप्रतिनिधि सहित वित्तीय साक्षारता सम्बन्धी कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

साईकल ¥यालीमा गर्भनर नेपाल सहित बैकका सबै विभागिय प्रमुखहरु सहभागी छन् । वित्तीय संस्थाका प्रतिनिधि लगायत समेत गरि ¥यालीमा ७ सय ५० जना सहभागी भएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय