अर्को सचिन भन्दै भारतमा सन्दीपको प्रचार

ehulaki
ई-हुलाकी | बैशाख ८, २०७६ आइतबार | 0

  सन्दीपलाई यतिबेला भारतिय मिडियामा अर्को सचिन भनेर प्रचार गरिदैछ । हुनत भारतमा उनको चर्चा चलेको यो नौलो घटना होइन । तर आईपिएलमा दिल्लीको बिजय सङै सुरु भएको उनको चर्चा अल्लि बेजोड छ। 

  जारी आईपिएल क्रीकेटमा दिल्ली क्यापिटलसले किङ्स इलाभेन पन्जाबलाई हराउदा सन्दीप लामिछानेले आफ्नो जादु प्रदर्सन गरेका छ्न । उनले ४० रनमा ३ विकेट लिएका थिए। लामिछाने स्टाईलिस प्लेयर अफ द म्याच बनेर भारु एक लाख पुरस्कार पाएका छ्न।

   सन्दीपले कृश गेल, लोकेश राहुल र साम कुरानको विकेट लिएर आफ्नो जबर्जस्त प्रदर्शन गरेका छ्न। यो सङै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको पन्जाबलाई १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउदै दिल्लीले जित हासिल गरेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय