श्रीलङ्काका चर्चमा भयानक बिस्फोट, १६० जनाको मृत्यु, २ सय बढी घाइते

ehulaki
एजेन्सी | बैशाख ८, २०७६ आइतबार | 0

कोलम्बो ।  श्रीलङ्काका चर्च र होटलहरूमा भएको शृङ्खलाबद्ध विस्फोटनमा परि कम्तिमा १६० जनाको मृत्यु भएको छ । अन्य २ सय जना घाइते रहेको अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका चर्च र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएको बताइएको छ । अहिलेसम्म कम्तीमा १६० जनाको मृत्यु भएको र २ सयभन्दा बढी व्यक्ति घाइते भएको पुष्टि भएको बीबीसीले जनाएको छ।

विस्फोटमा परि ९ जना विदेशीको समेत मृत्यु भएको छ। पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए ।

विस्फोटको जिम्मेवारि अहिले सम्म कसैले लिएको छैन् । विस्फोटपछि सुरक्षा व्यवस्थ कडा पारिएको छ । श्रिलंकाको सरकारले भोलि र पर्सि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा विभिन्न चर्चहरु र हाटेलभमा  विस्फोटनहरू भएका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय