श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या १८५ पुग्यो, कसले गरायो विस्फोट ?

ehulaki
एजेन्सी | बैशाख ८, २०७६ आइतबार | 0

कालेम्बो । श्रीलङ्काका चर्च र होटलहरूमा भएको शृङ्खलाबद्ध विस्फोटनमा परि कम्तिमा १८५ जनाको मृत्यु भएको छ । अन्य ५ सय जना घाइते रहेको अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटमा परि ३५ जना विदेशीको समेत मृत्यु भएको छ। 

शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका चर्च र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएको बताइएको छ । त्यसपछि पनि थप दुई वटा विस्फोट भएको बताइएको छ । 

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ।

सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ।
 गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ। इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा विभिन्न चर्चहरु र हाटेलभमा  विस्फोटनहरू भएका हुन् ।

विस्फोटको जिम्मेवारि अहिले सम्म कसैले लिएको छैन् । बीबीसीका अनुसार घटना जेरोवान नामक समुहले गराएको र आत्मघाती विस्फोट हुन सक्ने बताइएको छ । श्रीलङ्काका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई 'आतङ्ककारी घटना' भन्दै दोषी चिनिसकिएको बताएका छन्।

उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन्।

'हामी आवश्यक कारबाही गर्छौँ। उनीहरू जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि हामी छौड्दैनौँ।'

'यो घटनाका दोषीहरूलाई यथाशीघ्र समातिनेछ। उनीहरूलाई चिनिसकिएको छ।' विस्फोटपछि सुरक्षा व्यवस्थ कडा पारिएको छ । श्रिलंकाको सरकारले भोलि र पर्सि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

दश दिन अगाबै चेतावनी दिइएको थियो

श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए।
एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए।

“एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ ९एनटीजे० नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ।

एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो। यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन्। उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन्।

कोलम्बो नजिकको होटलमा पुनः बिस्फोट, २ जनाको मृत्यु

शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलङ्काको राजधानी कोलम्बोको नजिक देहीवालामा आइतबार अपराह्न पुनः बम बिस्फोट भएको छ। बिस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलङ्काली प्रहरीका प्रवक्ताले जनाएका छन्।

प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार भएको यो बिस्फोट सातौं रहेको जानकारी दिए। यसअघि देशको राजधानी कोलम्बोसहित छ वटा शृङ्खलाबद्ध बिस्फोट भएका थिए।
यस्तै, राजधानी कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौं बिस्फोट भएको छ।

विश्वका नेताहरुद्वारा भत्र्सना

श्रीङ्कामा भएको रक्तपातपूर्ण आक्रमणको पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियन समेका मुलुक एवं संस्थाहरुले भत्र्सना गरेका छन्।

कोलम्बोमा कफ्र्यु घोषणा

श्रीलङ्काको राजधानी कोलम्बोमा पुनः दुईवटा बम बिस्फोटन भएपछि सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ। एएफपी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय