श्रीलंका अपडेट : २०० जनाभन्दा बढीको मृत्यु, सामाजिक सञ्जाल बन्द

ehulaki
एजेन्सी | बैशाख ८, २०७६ आइतबार | 0

काठमाडौं । श्रीलङ्काका चर्च र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ। श्रीलङ्का प्रहरीका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका चर्च र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि थप दुई स्थानमा विस्फोटन भएका थिए । मृत्यु हुनेमा ३५ जना विदेशी रहेका छन् ।

पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बीबीसीले जनाएको छ । घटनापछि श्रीलङ्कामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

घटनाको जिम्मेवारी अहिले सम्म कसैले लिएको छैन । जिरोवान नामक एक समुहले घटना गराएको श्रिलंकन रक्षामन्त्रीले बताएका छन् । सुरक्षा निकायले यसबारे अनुसन्धान गरिरहेको छ । 

श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतवार साँझ ६बजेदेखि सोमवार बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ। सामाजिक सञ्जाल अनिश्चित समयको लागि बन्द गरिएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय