लमही दुर्घटनामा एकको मृत्यु, दुई घाइते

ehulaki
रासस | बैशाख ९, २०७६ सोमबार | 0

घोराही, गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।     
     
लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो ।     
     
दुर्घटनामा परी लमही नगरपालिका–७ उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।     
     
चौधरीसँगै मोटरसाइकलमा सवार १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगरलाई थप उपचारको लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।     
   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय