टिचिङ अस्पतालमा राष्ट्रपति भण्डारीले गराईन स्वास्थ्य परीक्षण

ehulaki
फाइल फोटो
ई-हुलाकी | बैशाख ९, २०७६ सोमबार | 0
फाइल फोटो

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएकि छिन्। अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका अनुसार उनले पेटको इन्डोस्कोपि गराएकी हुन।

राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।आज बिहान नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेकी भण्डारीको इण्डोस्कोपी गरिएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि बुधबार बेइजिङ जाँदै छिन। बेल्टएण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी हुन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय