तारा एयरको विमान रामेछापमा दुर्घटना

ehulaki
फाइल फोटो
----------------- | बैशाख ९, २०७६ सोमबार | 0
फाइल फोटो

काठमाडौं । तारा एयरको विमान रामेछाप विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।

रामेछाप विमानस्थलमा अवतरणका क्रममा सोमबार बिहान ९ बजेर ३८ मिनेटमा सो डोर्नियर विमान पांग्रा पञ्चर भएर रनवेबाट चिप्लिएको हो । सो विमान लुक्लामा अवतरण गर्न नसकेर रामेछाप डाइभर्ट भएको थियो । दुर्घटनामा मानवीय क्षति भने नभएको रामेछाप विमानस्थलले जनाएको छ ।

विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए । जहाज बिहान ८ बजेर ४९ मा काठमाडौंबाट उडे पनि लुक्ला विमानस्थलमा मौसम खराबी भएपछि विमान रामेछाप डाइभर्ट भएको बताइएको छ ।

दुर्घटनाग्रस्त जहाज धावनमार्गको छेउमा रहेकाले अन्य उडान र अवतरणसमेत ठप्प भएको छ । नाइन एन– एकेके कलसाइनको विमान क्याप्टेन पीजे शाहले उडाएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय