सन्दिपको फोटो राख्दै दिल्लीले गर्यो यस्तो ट्वीट !

ehulaki
----------------- | बैशाख ९, २०७६ सोमबार | 0

काठमाडौं। इण्डियन प्रिमियर लिगमा आज ४० औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ  । खेल नेपाली राजस्थानको सवाइ मानसिंह मैदानमा नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजे सुरु हुने छ ।

आजको खेल  दिल्लीका लागि इतिहास रच्ने अवसर छ । आजको खेल जितेमा दिल्ली महेन्द्र सिंह धोनीको टिम चेन्नइ सुपरकिंग्सलाई उछिन्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ । यो सिजनमा यी दुई टिम आजको खेलमा पहिलो पटक भेट्न लागेका हुन् ।

यसैबीच दिल्लीले सन्दिप लामिछाने, कप्तान श्रेयस अय्यर र ओपनर शिखर धवनको फोटो पोस्ट गर्दै ट्वीट गरेको छ । यसले सन्दिप प्लेइङ ११ मा पर्ने सम्भावना उच्च भएको जनाउँछ ।

📍 Pink City
🕗 Tonight, 8 pm.
🦁 #RRvDC mein roar machaane ke liye taiyyar.

IT'S MATCHDAY! 💪#ThisIsNewDelhi #DelhiCapitals #IPL #IPL2019 pic.twitter.com/LwnBUb63w5

— Delhi Capitals (@DelhiCapitals) April 22, 2019
कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय