लोकसभा मतदान केन्द्रमा सर्प पसेपछि केहिबेर स्थगित

ehulaki
एजेन्सी | बैशाख १०, २०७६ मंगलबार | 0

नयाँ दिल्ली । भारतमा लोकसभाको तेस्रो चरणको लागि आजबाट सुरु भएको मतदान जारी छ । विभिन्न भागमा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत कन्नुर लोकसभा निर्वाचन क्षेत्रमा रहेको एउटा मतदान केन्द्रमा भने मतदान चलिरहेका बेला सर्प पसेपछि केही समयका लागि मतदान स्थगित भएको छ ।

मय्यिल कन्डक्काई मतदान केन्द्रमा रहेको विद्युतीय मतदान यन्त्रभित्रै सर्प भेटिएपछि केहीबेरका लागि मतदान स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सर्प तत्काल हटाएर मतदान सुरू गराएको अधिकारीहरूले बताएका छन् ।

यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । गत अप्रिल ११ बाट सुरु भएको निर्वाचन ७ चरण पार गर्दै मे १९ मा सकिँदैछ। चुनावको मतगणना भने मे २३ बाट सुरु हुनेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय