पाथिभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

ehulaki
----------------- | बैशाख १०, २०७६ मंगलबार | 0

काठमाडौँ । तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ । उक्त प्रतियोगिता यही वैशाख २२ देखि २६ गतेसम्म हुने छ । 

नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिए।

सो प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र विश्व विद्यालयको टोली सहभागी हुनेछ ।
     
प्रतियोगिताको विजेताले रु तीन लाख ५१ हजार ५००, उप–विजेताले रु एक लाख ७६ हजार २५१ र सेमिफाइनलमा पराजित हुने दुवै टोलीले जनही रु ५० हजार पुरस्कार पाउनेछन् ।

लिग कम नकआउटका आधारमा  हुने उक्त प्रतियोगिताको खेल ताप्लेजुङको मौवाखोला गाउँपालिका– ३ साघुस्थित नारायणी माविको खेल मैदानमा हुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय