प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जित

ehulaki
एजेन्सी | बैशाख ११, २०७६ बुधबार | 0

काठमाडौँ । इङलिश प्रिमियर लिगमा यस सिजन रोचकता बढिरहेको छ । लिग अन्त्य तिर आउदै गर्दा लिग कसले जित्छ भन्ने मात्र होइन चौथो स्थानसम्म कसले सुरक्षित गर्छ भन्ने समेत टुंगो लागेको छैन ।

यसैबीच टोटनह्यामले गएराती सम्पन्न खेलना ब्राइटनलाई १-० गोल अन्तरले पराजित गर्दै टप चार भित्र रहने आफ्नो अभियानलाई थप बलियो बनाएको छ । टोटनह्यामको जितमा खेलको ८८औ मिनेटमा क्रिस्टियन इरिक्सनले खेलको निर्णायक गोल गरेका थिए ।

जितपछि टोटनह्याम ३५ खेलमा ७० अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै चौथो स्थानमा रहेको चेल्सीको ३५ खेलमा ६७ अंक रहेको छ भने एक खेल कम खेलेको आर्सनलको ३४ खेलमा ६६ अंक रहेको छ । लिग अन्तर्गत टोटनह्यामले अब वेस्टह्याम, बोर्नमाउथ र एभर्टनसँग खेल्न बाँकी रहेको छ ।    

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय