देउवाद्वारा नेता ताम्राकारलाई श्रद्धाञ्जली, काँग्रेसको राष्ट्रिय जागरण अभियान स्थगित

ehulaki
ई-हुलाकी | बैशाख ११, २०७६ बुधबार | 0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत पार्टीका नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सभापति देउवाले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको दिवंगत नेता ताम्राकारलाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका हुन् । 

त्यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता, कार्यकर्ताले पनि दिवंगत नेता ताम्राकारप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका पूर्वमन्त्री ताम्राकारको निधनप्रति गहिरो शोक व्यक्त गर्दै नेपाली काँग्रेसले बुधबारबाट सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियान पनि दुई हप्ता पछि सारेको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा निवासी ताम्राकार २०४८ साल र २०५६ सालमा रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित  भएका थिए । गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रको रहेका दिवंगत नेता ताम्राकार स्वास्थ्य र उद्योग मन्त्री समेत बनेका थिए । 

विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडित उनको मंगलबार ललितपुरस्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय