विवेकशील साझाभित्र खटपट

ehulaki
----------------- | पुस १९, २०७५ बिहिबार | 0

वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवकशील साझा पार्टीभित्र खटपट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै सदस्य र नेतालाई पठाएसँगै असन्तुष्टि सतहमा आएको हो । 

१८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्ष छ । थापाले पार्टीभित्र शक्तिको चरम केन्द्रीकरण भएको, निषेधको राजनीति भित्रिने माहोल रहेको र सदस्यलाई जिम्मेवारी दिन अनुदारताले दल हराएजस्तो देखिएको टिप्पणी गरेका छन् ।

एक सदस्यले एकीकरणपछि विवेकशीलको नेतृत्वमा आउँदै गरेका युवालाई पुरानो साझा पार्टीका नेताहरूले उचित स्थान नदिएको आरोप लगाए । पार्टीभित्रको अनुदारताका कारण केही सदस्य निष्क्रिय बनेको र केहीले पार्टी छाडेको जनाउँदै उनले भने,‘निर्णय प्रक्रियामा सामूहिक सहभागिता कमजोर बन्दै गएको छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय