प्रदेश १ को सम्पर्क राजधानी धनकुटा

ehulaki
रासस | बैशाख १७, २०७६ मंगलबार | 0

धनकुटा । प्रदेश १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि, क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय रहने गरी निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम थियो । प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय