किरात प्रदेश नामका लागि मोबाइल म्यासेज अभियान सुरु

ehulaki
ई-हुलाकी | बैशाख १८, २०७६ बुधबार | 0

विराटनगर । प्रदेश नं. १ को नाम किरात प्रदेश राख्न सरोकारवालाहरुले मोबाइल म्यासेजमार्फत् दबाब दिने अभियान सुरु गरेका छन् ।

१ नं. प्रदेश सभा सदस्यहरुको सेल नम्बर सार्वजनिक गर्दै यस्तो अभियान सुरु गरेको हो । “यो प्रदेश न. १ को माननीय सदस्यहरुको नाम र फोन न. हो । यो फोन नम्बरहरुमा हामी सबैले किरात प्रदेश नाम राख्नको लागि अनिवार्य रुपमा म्यासेज गरौं ।" स्रोतले भनेका छन्, “यसलाई रचनात्मक अभियानको रुपमा कार्यन्वयन गरौं ।" 

प्रदेश नं. १ को राजधानी र प्रदेशको नामबारे अन्तिम निर्णय हुनै लागेको बेला यस्तो अभियान चलाएको हो ।  

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरिसकेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय