'१ नं. प्रदेशको नाम किरात छोड्दिनँ'

ehulaki
ई-हुलाकी | बैशाख १९, २०७६ बिहिबार | 0

काठमाडौं । प्रदेश सभा सदस्य रामकुमार राई ‘पासाङ'ले प्रदेश नं. १ को नाम किरात भएन भने त्यतिकै नछोड्ने बताएका छन् ।

क्षेत्र नं. २ खोटाङबाट  विजयी प्रदेश १ का सांसद पासाङले भने, “एक नं. प्रदेशको नाम किरात छोड्दिनँ ।" प्रदेश सभाले यही वैशाख १९ गते आजसम्म नाम र राजधानी प्रस्ताव दर्ता गर्ने समयसीमा तोकेको छ । यसै सन्दर्भमा  सरोकारवालाहरुले प्रदेश नं.१ किरात प्रदेश नामाकरण हुनुपर्ने माग दोहोर्‍याएका हुन् । 

सम्पूर्ण किरात राईहरुको प्रतिष्ठित संस्था किरात राई यायोक्खाले हिजो यसबारे पत्रकार सम्मेलन नै गरेको छ । यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई भने, “यदि प्रदेश नं १ को नाम किरात  भएन भने अशान्ति हुन्छ ।" राईले आजदेखि मात्र नभई यायोक्खाले डेढ दशकदेखि किरात प्रदेशका पक्षमा अभियान चलाउँदै आएको बताए ।

यसबारे प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, सांसदहरू लगायतलाई ध्यानाकर्षणपत्र बुझाइसकेका छौं । यो कुरालाई खेलाची माने त्यसबाट आउन सक्ने खतराको जिम्मा प्रदेश सरकार, सांसदहरु र दलका नेताहरुले लिनुपर्ने अध्यक्ष राईले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय