आरोशी खड्काको राष्ट्रभक्ति गीत 'चरी झैं' सार्वजनिक (भिडियो)

ehulaki
ई-हुलाकी | बैशाख २०, २०७६ शुक्रबार | 0

काठमाडौं । आरोशी खड्काको स्वरमा 'चरी झैं' बोलको देशभक्ति गीत सार्वजनिक भएको छ । दुर्गा कार्कीले लेखेको यो गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

देव कोइमीको संगीत रहेको यो गीतको कोरियोग्राफी भारती मोक्तानले गरेकी छिन् भने एरेन्ज बिक्रम कार्कीले गरेका हुन् । यस गीतको भिडियोलाई नियोन लामाले तयार पारेका छन् ।

गीतमा एउटा चेलीको राष्ट्रप्रतिको प्रेम एवं भक्तिभाव संगै नेपाली जीवन शैली प्रतिको स्नेह प्रस्तुत गरिएको छ । करिब चार दशकदेखि साहित्य तथा शिक्षण पेसामा आबद्ध दुर्गा कार्कीका शब्दलाई बिभिन्न नेपाली चलचित्रमा समेत सङ्गीत दिइसकेका देव कोईमीको सङ्गीतले न्याय गरेको छ। कुशल एरेन्जरको रुपमा परिचित विक्रम कार्कीले यस गीतलाई निकै राम्रो शृङ्गारेका छन ।

नेपाली झण्डा, हिमाल, लालिगुराँस जस्ता राष्ट्रिय चिनारी प्रति गर्व गर्दै पहेलै फुलेको तोरी बारी, पाखा पखेरा र गाउँले जनजिविकालाई राष्ट्रियता भित्रका गर्व गर्न लायक 'एसेट'को रुपमा स्थापित गरिएको छ । देशको नाम रोशन गर्न चेलीको मनमा रहेको कर्तव्यबोधलाई उजागर गरिएको छ ।

गायनमा पहिलो पाइला टेकेकी गायिका आरोषी को पहिलो प्रयास निकै राम्रो छ । सबैतिरबाट प्रशंसा पाएर आरोषी निकै उत्साहित छिन् । आफुलाई निखार्दै लाने हो भने भविष्यमा स्थापित गायिका बन्ने कुरामा दुईमत नहोला !

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय