प्रदेश १ को राजधानी बिराटनगर राख्ने नेकपाको निर्णय

ehulaki
ई-हुलाकी | बैशाख २२, २०७६ आइतबार | 0

मोरङ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले प्रदेश नं १ को राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।

राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको नेकपाले जनाएको छ ।

अब यससम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने नेकपाले जनाएको छ ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय