नेपाल राष्ट्र बैंकको सुझाव : आन्तरिक उत्पादन वृद्धिमा जोड दिने बजेट ल्याउनू

ehulaki
ई-हुलाकी | बैशाख २६, २०७६ बिहिबार | 0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए । संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले मुलुकमा बढदो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

मुलुकमा हाल ७ खरव ८७ अरव व्यापार घाटा रहेको छ । गभर्नर नेपालले विप्रेशनको भर नपर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यक्ता पनि औंल्याए । चालू आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरे । 

गभर्नर नेपालले पूँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने पनि स्पष्ट पारे ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय