आगामी बजेटले पूर्वाधार विकासमा जोड दिनुपर्ने

ehulaki
ई-हुलाकी | बैशाख २६, २०७६ बिहिबार | 0

काठमाडौं । निजी क्षेत्रले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग पुनः माग गरेको छ । न

पाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग माग गरे । सरकारले नीतिगत तथा कानूनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको उनको दावी छ । संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिए । उनले कृषि क्षेत्रले तत्काल लाभ दिने भएकाले पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि आवश्यक जमिनको उचित व्यवस्था हुने प्रबन्ध पनि गर्नुपर्ने स्पष्ट पारे ।

महासंघले बैंकको उच्च व्याजदर घटाएर उद्योगमैत्री वातावरण बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएको छ ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय