पञ्चेबाजा बजाएर बेहुलो बने प्रचण्ड, पुनः गरे विवाह

ehulaki
ई-हुलाकी | बैशाख २६, २०७६ बिहिबार | 0

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् ।

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । विवाह कार्यक्रममा अध्यक्ष दाहालले पुनर्विवाहको कार्यक्रम पत्नी सीता दाहालको इच्छाअनुसार गरिएको बताएका छन् ।

पुनर्विवाह समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने 'पत्नी सीताको निम्ति माया, प्रेम र हौसलाको आवश्यकता छ । अघिल्लो वर्षदेखिनै सीताले अर्को वर्ष हाम्रो विवाह भएको ५० वर्ष पुग्छ । परम्परागत ढंगले विवाह गर्ने भन्ने उनको प्रस्ताव थियो । यो आविष्कार मेरो होइन ।'

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय