उपेन्द्र यादवसँग स्पष्टिकरण लिने निकाय कहाँ छ ?

ehulaki
ई-हुलाकी | बैशाख ३१, २०७६ मंगलबार | 0

काठमाडौं । आइतबार एभिन्युज टेलिभिजनबाट प्रसारित एक कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ । सुरुमा मानिसहरुले एउटा भिडियो क्लिप देखेर पत्रकार पाण्डेमाथि खनिएका थिए ।

कार्यक्रमको पुरै भाग सुन्दै गर्दा दुई थरि मानिसका प्रतिक्रिया आएका छन् । सानो भिडियो क्लिप भाइरल बनेपछि अधिकांसले पत्रकारको उदण्ड व्यवहार भन्दै प्रस्तुती सुधार्नपर्ने तर्क गरेका थिए ।

खासगरी पत्रकार पाण्डेले, 'तपाई बकबास बोल्दै मन्त्री ज्यू' भनेपछि मन्त्री यादव माइक फालेर हिँडेको भिडियोमा देख्न सकिन्छ । तर, कार्यक्रमको पुरै भाग हेर्दै जाँदा मन्त्री यादवले सुरु देखिनै पत्रकारका पश्नलाई 'बकबास' भन्दै आएका छन् ।

पत्रकार पाण्डेले आचारसंहिता उलंघन गरेको भन्दै नियामक निकाय प्रेस काउन्सिल नेपालले एभिन्युजलाई स्पष्टिकरणको लागि पत्र काटेको छ । सामाजिक सञ्जालमा राजनीतिक विश्लेषक भरत दाहाल प्रश्न गर्छन, एभिन्युजलाई त प्रेस काउन्सीलले स्पष्टिकरण माग्यो तर सामान्य रूपमा प्रश्न सोध्दासोध्दै सुरुमैं 'सुन्नुस् न फेरी बकबास नगर्नुस् न' भनेर नेतागिरी छाँट्ने असभ्यलाई स्पष्टिकरण सोध्ने कुन निकाय हो ? दाहालले फेसबुकमा यस्तो लेखेका छन् ।

उपेन्द्र यादवलाई स्पष्टिकरण लिने कुन निकाय हो ?

पछाडि घटनाक्रमहरु जसरी अघि बढे पनि सुरुमा निहुँ उपेन्द्र यादवले खोजेका छन् । एभिन्यूज टेलिभिजनलाई त प्रेस काउन्सीलले स्पष्टिकरण माग्यो तर सामान्य रूपमा प्रश्न सोध्दासोध्दै सुरुमैं, 'सुन्नुस् न फेरी बकबास नगर्नुस् न, भनेर नेतागिरी छाँट्ने असभ्यलाई स्पष्टिकरण सोध्ने कुन निकाय हो ? यीनीहरुले जे गरे पनि हुने र अर्को मात्र दोषि हुने यहि गुण्डा शैलीले नै नेपालीहरु यीनीहरुप्रति कठोर बन्दै गएका छन् । यीनीहरू आफूलाई कसैले सवाल गर्न नपाउने युद्ध सरदार संझन्छन् । हेरौं संवादका अंशहरू.......

उपेन्द्र यादव : 'सुन्नुस् न फेरी बकबास नगर्नुस् न!'

पत्रकार : 'बकबास त यो सरकारले गरिराख्या छ।'

उपेन्द्र यादव : 'तपाईं अलि ढंगले बोल्नुस् न !'

पत्रकार : 'काण्डैकाण्डमा सरकार किन लिप्त छ ?'

उपेन्द्र यादव : 'काण्डका प्रुफहरु लिएर आउनुस् ।'
..................................................................
पत्रकार : 'समाजवादी पार्टी बनेकोमा पहिले तपाईंलाई सुभेच्छा, सुभ-कामना ! यसले नेपाली जनतालाई के दिन्छ ?'

उपेन्द्र यादव : 'यो मिडीयाले नेपाली जनतालाई के दिन्छ ? तपाईं यहाँ बस्नु भा'छ, यसले नेपाली जनतालाई के दिन्छ ?'

पत्रकार : 'सूसुचित गरिराख्या छौं ।'

उपेन्द्र यादव : 'हामीले राजनीतिक रुपले चेतनशिल बनाउने हो । तपाईंको प्रश्न गर्ने ढंग पनि बुझेन के !'

पत्रकार : 'योे पार्टीले के दिन्छ भनि सोध्दा प्रश्नको ढंगतिर नसिकाउनुस् ।'

उपेन्द्र यादव : 'शिष्ट भएर प्रश्न सोध्नुस् । ईण्टरभ्यू लिने तरिका सिक्नुस् कसरी कुरा गरिन्छ, त्यो तरिका सिक्नु पर्छ ।'

पत्रकार : 'तपाईंले नेपाली मिडियालाई शिष्टता सिकाईरहनु भएको छ ? मेरो ठाडो प्रश्न हो, ठाडै जबाफ दिनुस् ।'

उपेन्द्र यादव : ल, बन्द गर्नुस् !

पत्रकार : 'तपाईं जान सक्नुहुन्छ ।'

उपेन्द्र यादव : 'ल, म जान्छुँ ।'

पत्रकार : 'प्रश्नको उत्तर दिन सक्नु हुन्न भने तपाईं जान सक्नुहुन्छ मन्त्रिज्यू ! यहाँ आएर तपाईं बकबास नदेखाउनुस् कृपया ! कुन चाहिं शब्द अशिष्ट भो र ? तपाईं जान सक्नुहुन्छ ।'

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय