रियल मड्रिडका ३ स्टार खेलाडी किन्दै पिएसजी !

ehulaki
ई-हुलाकी | बैशाख ३१, २०७६ मंगलबार | 0

काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मनले रियल मड्रिडका तीन खेलाडी एकैपटक किन्ने योजना बनाएको छ । इएसपिएनले ‘ले पेरिसिन’लाई उद्धृत गर्दै लेखेको समाचारअनुसार ग्यारेथ बेल, टोनी क्रुस र इस्कोलाई एकैपटक किन्ने योजना बनाएको हो । यी तीन खेलाडी अनुबन्ध गर्ने डिल २०० मिलियन युरोभन्दा धेरैको हुन सक्ने बताइएको छ । 

पिएसजीका स्पोर्टिङ डाइरेक्टर एन्टेरो हेनरिकले यी खेलाडीको पछिल्लो अवस्थाबारे गम्भीरतापूर्वक अध्ययन गरिरहेका छन् । यी तीनै जनाको रियलमा भविष्य अन्योलमा भएको अवस्थामा यी तीनलाई आफ्नो क्लवमा अनुबन्ध गर्न सकिने उनको ठम्याइ छ । यी तीनै जनाको घरेलु प्रतियोगिता र युरोपियन प्रतियोगिता दुवैमा यो सिजन उल्लेख्य उपस्थिति र प्रदर्शन छैन ।

पछिल्ला केही हप्ता ला लिगामा रियल मड्रिडका २९ वर्षीय खेलाडी ग्यारेथ बेललाई कोच जिनेदिन जिदानले ‘प्लेइङ ११’ बाट लगातार ड्रप गरिरहेका छन् । इस्कोको पनि यो सिजन त्यति राम्रो गएको छेन । मात्रै ३ गोल गरेका उनले सान्त्वना असिस्ट गरेका थिए । अर्कोतर्फ दोस्रो कार्यकालको लागि आएका प्रशिक्षक जिदानले म्यान्चेस्टर युनाइटेडका स्टार पाल पोग्बातिर रुचि देखाएपछि क्रुसको भविष्य पनि अन्योलमा परेको छ । यही मौकाको फाइदा उठाउने पिएसजीको योजना छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय