सन्दीप लामिछानेले किने नयाँ बाइक

ehulaki
----------------- | बैशाख ३१, २०७६ मंगलबार | 0

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ बाइक किनेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले महँगो स्पोर्ट्स बाईक किनेका हुन्। बाइक किनेको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् । 

भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर हालै स्वदेश फर्किएका सन्दीपले विश्व चर्चित ब्राण्ड बिएमडब्लुको बाइक किनेका हुन्।

दिल्ली क्यापिटल्सबाट दोस्रो सिजन आईपीएल खेलेका सन्दीपले बिएमडब्लु जी ३१० मोडलको बाइक किनेका हुन् । बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्ने बताइएको छ ।

 उनले ट्वीटरमा बाइकसहितको फोटो पोस्ट गर्दै परिवारमा नयाँ सदस्य थपिएको बताएका छन् ।

One more member added to my Family🤗 pic.twitter.com/39ObZZhFM7

— Sandeep Lamichhane (@IamSandeep25) May 14, 2019
कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय