हिन्दु राष्ट्रको माग सहित देशका सबै जिल्लाका मन्दिरमा राप्रपाले ब्यानर राख्ने

ehulaki
----------------- | बैशाख ३१, २०७६ मंगलबार | 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रालाई आन्दोलनकै रुपमा सञ्चालन गर्ने भएको छ ।

जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धीमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न समितिको बैठकले मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको क्रममा छुटेका पहाडी जिल्लाहरुमा जेठ १५ सुरु गर्ने यात्रालाई आन्दोलनकै रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै देशभर संकलन गरिएका हस्ताक्षर पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी रहेकोले सबैतिरबाट प्राप्त भैसकेपछि प्रदर्शनसहित  सरकारलाई बुझाउने सो बैठकले निर्णय गरेको छ ।

बैठकले ७७ वटै जिल्लाका मठमन्दिरहरुमा हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राखेर ब्यानर राख्ने, आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियानलाई तिव्र बनाउने, काठमाडौं उपत्यका भित्रका १५ वटै निर्वाचन क्षेत्रमा जेठ १५ गते भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय