पूर्वएमालेलाई संगठित गर्दै ईश्वर पोखरेल

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

काठमाडाैं । एमाले र माओवादी एकीकरणपछि  मारमा पर्नेमध्येका शीर्ष नेता हुन्– ईश्वर पोखरेल । तत्कालीन एमालेका निर्वाचित महासचिव रहेका पोखरेल एकतापछि सचिवालय सदस्य मात्रै रहे । पूर्वसंगठनमा उनीभन्दा तल्लो वरियतामा रहेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव बने ।

केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच दुई अध्यक्षात्मक प्रणालीमा जाने गरी पार्टी एकीकरण गर्ने सहमति हुने संकेत पाएपछि पोखरेलले विरोध जनाएका थिए । एकतासम्बन्धी छलफलका समझदारीबारे पोखरेलसहित तत्कालीन एमालेका धेरै नेता जानकार थिएनन् । पोखरेलले भने त्यस्तो समझदारीबाट बहुकेन्द्र जन्मिने भन्दै एकीकरणको सहमतिअघि नै विरोध जनाएका थिए । 

पूर्वएमालेले कार्यकारी तहमा ७० वर्ष उमेर हदको अभ्यास गरिसकेकाले ६६ वर्षीय पोखरेलका लागि डेढ वर्षभित्र आयोजना हुने एकता महाधिवेशन अग्निपरीक्षा हुनेछ । एकता महाधिवेशनमा उमेरहद लागू नहुने विधान बने पनि नेतृत्वमा अघि बढिरहेकाहरूको कसरतमा नेकपामा पुनः उमेरहद लागू हुने सम्भावना छ । त्यसैले, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको रक्षाकवचका रूपमा अभिव्यक्ति दिँदै आएका पोखरेल उनको विश्वास जितेर पार्टी एकतापछि पूर्वएमालेभित्रै छुट्टै समूह बनाउने कसरतमा देखिएको आजको नयाँ पत्रिकामा उल्लेख छ ।

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय